आज एकै दिन थप ५७ जनामा कोरोना संक्रमण, कुल संंक्रमितको संख्या १९१ पुग्यो

काठमाडौं, ३० बैशाख । नेपालमा आज मात्रै थप ५७ जनामा कोरोना संक्रमण भएको पाइएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको पीसीआर परीक्षणमा कपिलवस्तु, रुपन्देही बारा र पर्सामा गरी थप ५७ जनामा कोरोना संक्रमण देखिएको हो ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार बाँकेमा जना, कपिलवस्तुमा ८ जना रुपन्देहीमा ९ जना, बारामा १ जना र पर्सामा ३९ जना रहेको छ । मन्त्रालयले आज संक्रमण देखिएका सबै जना पुरुष भएको जनाएको छ ।

यो संगै एकै दिनमा सबैभन्दा बढी संक्रमित हुनेको संख्यामा नयाँ रेकर्ड कायम भएको छ । भने कुल संक्रमितको संख्या १९१ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *