आज एकै दिन थप ५७ जनामा कोरोना संक्रमण, कुल संंक्रमितको संख्या १९१ पुग्यो
काठमाडौं, ३० बैशाख । नेपालमा आज मात्रै थप ५७ जनामा कोरोना संक्रमण भएको पाइएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको पीसीआर परीक्षणमा कपिलवस्तु, रुपन्देही बारा र पर्सामा गरी थप ५७ जनामा कोरोना संक्रमण देखिएको हो ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार बाँकेमा जना, कपिलवस्तुमा ८ जना रुपन्देहीमा ९ जना, बारामा १ जना र पर्सामा ३९ जना रहेको छ । मन्त्रालयले आज संक्रमण देखिएका सबै जना पुरुष भएको जनाएको छ ।
यो संगै एकै दिनमा सबैभन्दा बढी संक्रमित हुनेको संख्यामा नयाँ रेकर्ड कायम भएको छ । भने कुल संक्रमितको संख्या १९१ पुगेको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



