स्वास्थ्यकर्मीलाई ज्यान मार्ने धम्की

2.1k
Shares

राँझा, ३० वैशाख । कोरोनाविरुद्ध अग्रभागमा रहेर कार्यरत स्वास्थ्यकर्मीलाई बांँकेको सोनपुरमा स्थानीय व्यक्तिले ज्यान मार्ने धम्की दिएका छन् ।

स्वास्थ्यचौकीमा नजन्मेको शिशुलाई त्यहीँ जन्मेको प्रमाणीकरण गरिदिनुपर्ने माग अस्वीकार गर्दा ज्यान मार्ने धम्की आएपछि खजुरा गाउँपालिका वडा नं ७ स्थित सोनपुर स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मी त्रसित भएको स्वास्थ्यचौकीका प्रमुख सुदीप पौडेलले बताए।

उनका अनुसार यही वैशाख २६ गते प्रसूति गराउन आउनुभएकी रफी भाटकी श्रीमतीलाई स्वास्थ्यचौकीका कर्मचारीले व्यथा नलागेको भन्दै घर फर्काईदिएका थिए । घरमै सुत्केरी भए पनि स्वास्थ्यचौकीमै जन्मिएको प्रमाणीकरण हुनुपर्ने भाटको माग अस्वीकार गर्दा उनीसहितको समूहले कार्यालयमा आएर कर्मचारीमाथि दुव्र्यवहार गर्नाका साथै ज्यान मार्ने धम्की दिएको हो ।

स्वास्थ्यचौकीमै आएर कर्मचारीलाई कार्यालय बाहिर भेटे हातखुट्टा भांँच्ने र ज्यान मार्ने धम्की दिएका कारण काम गर्ने वातावरण नभएको भन्दै कर्मचारीले सुरक्षा प्रत्याभूतिको माग गरी प्रहरीमा उजूरी दिएको स्वास्थ्य चौकीका प्रमुख पौडेलले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय धनौलीका इञ्चार्ज प्रहरी निरीक्षक पोषणराज थपलियाले सोनपुर स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीले आफूहरुमाथि जीउज्यानको सुरक्षा गरी पाऔँ भन्दै कार्यालयमा निवेदन दिएको जानकारी दिँदै सोबारे अनुसन्धान शुरु भएको बताए। कोरोना भाइरस सङ्क्रमणको आशङ्कामा स्वास्थ्यकर्मीले धमाधम स्वाब सङ्कलन गरिरहेका बेला धम्की आएपछि स्वास्थ्यचौकीको सेवा प्रभावित भएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *