डब्लुएचओका प्रमुख भन्छन्, ‘लकडाउन खुकुलो पार्नु अघि तीन कुरामा बिचार गर्नु’

काठमाडौँ, ३० बैशाख । कोरोना भाइरस (कोभिड – १९) संक्रमण रोकथाम तथा नियन्त्रण गर्न नेपाल सरकारले देशव्यापी लकडाउन गरेको आज ५० दिन पुगेको छ । यो लकडाउन अझै कम्तिमा छ दिन यसरी नै निरन्तरता पाउने निश्चित छ । त्यस पछि के होला ? धेरैको चासो छ ।

कतिपय नेपालमा केश थपिदै गएको अवस्थामा लकडाउनले निरन्तरता पाउँछ भन्नेमा ढुक्कै देखिएका छन् । कतिपयले सधै यसरी लकडाउनमा बसेर साध्य हुँदैन भन्दै खुकुलो पार्नुपर्ने तर्क राखेका छन् । यद्धपी यी भनेका अहिलेका अनुमान मात्रै हुन् ।

यसअघि तोकिएको ५ जेठ पछि देशव्यापी लकडाउन खुल्छ ? खुकुलो हुन्छ वा थपिन्छ ? अबको केही दिनमै थाह हुन्छ । तर विश्व स्वास्थ्य संगठनले यसरी लकडाउनको खुकुलो वा खुल्ला गरेका देशहरुलाई निर्णय लिनु अघि केही कुुरामा बिचार गर्नु भन्दै सम्झाएको छ ।

डव्लुएचओका प्रमुख डा. टेड्रोस आधानम घेब्रियससले सोमबारको मिडिया ब्रिफिङमा लकडाउन खोल्न आत्तिएका देशहरुलाई तीन कुरामा ध्यान दिएर निर्णय लिनु भनेर सुझाव दिएका छन् ।

पहिलो :  महामारी नियन्त्रणमा आएको छ वा छैन ?

दोस्रो : देशको स्वास्थ्य प्रणालीहरु लकडाउन खुकुलो पार्दा पुन दोहोरिनसक्ने समस्यासंग सामना गर्न सक्षम छन् । चल्न सक्छन् ?

तेस्रो : स्वास्थ्यका निकायहरुले सम्भावित संक्रमितहरुको खोजपडताल गर्ने र पत्ता लगाउने अनि व्यवस्थापन गर्नुका साथै कन्ट्याक ट्रेसिङ गरी त्यसको सम्पूर्ण पहिचान गर्न सक्षम भएको छ ?

उनले अगाडी थपेका छन्,  ‘यदि यी तिनकुरामा हामी सकारात्मक छौँ भने लकडाउनबारेमा सोच्न सकिएला कि ? तर यी तीनवटै केसको सकारात्मक जवाफ आएपनि लकडाउन खोल्दा थप जटिल भने हुनसक्छ । किनकी यसको के चुनौती हुनसक्छ त्यो हामीले गत हप्ता नै भनिसकेका छौँ । कोरियामा देखियो जो पहिले बन्द थियो । पछि खुल्यो र अहिले फेरी बन्द छ । चीनको बुहानमा पनि यस्तै देखियो । जर्मनीमा पनि लकडाउन खोलेपछि संक्रमितहरुको संख्या बढ्यो ।’

उनले अगाडी थपेका छन्, ‘सौभाग्य भनौँ यी तिनवटै देशमा स्वास्थ्यप्रणाली राम्रो छ ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *