कपिलवस्तुमा थप १० जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या १२० पुग्यो

548
Shares

काठमाडौँ, २९ बैशाख । कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस (कोभिड – १९)को संक्रमण देखा परेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा थप १० जनामा कोरोना संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार संक्रमितहरु कपिलवस्तु यशोधरा गाँउपालिका ५ र बुद्धभुमि नगरपालिका ७ र १० स्थानीय पुरुषहरु हुन् । उनीहरुको उमेर १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ जना र एक जनाको उमेर नखुलेको बताइएको छ । डा अधिकारीले संक्रमित सबैको अवस्था सामान्य र सबैजना स्वास्थ्यकर्मीको सम्पर्कमा आइसकेको जानकारी दिएका छन् ।

कपिलवस्तुमा थपिएको यो संख्या संगै कुल संक्रमितको संख्या भने १२० पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *