कपिलवस्तुमा थप १० जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या १२० पुग्यो
काठमाडौँ, २९ बैशाख । कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस (कोभिड – १९)को संक्रमण देखा परेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा थप १० जनामा कोरोना संक्रमण देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार संक्रमितहरु कपिलवस्तु यशोधरा गाँउपालिका ५ र बुद्धभुमि नगरपालिका ७ र १० स्थानीय पुरुषहरु हुन् । उनीहरुको उमेर १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ जना र एक जनाको उमेर नखुलेको बताइएको छ । डा अधिकारीले संक्रमित सबैको अवस्था सामान्य र सबैजना स्वास्थ्यकर्मीको सम्पर्कमा आइसकेको जानकारी दिएका छन् ।
कपिलवस्तुमा थपिएको यो संख्या संगै कुल संक्रमितको संख्या भने १२० पुगेको छ ।
सम्पर्क इमेल : [email protected]