कोरोना नियन्त्रणका लागि चीनको सहयोग : ४० हजार पीसीआर किट, १० हजार पीपीई

चिनिया सहयोगको स्वास्थ्य सामग्री त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइपुग्दा ! तस्बिर : चिनियाँ राजदुत होउ याङ्कीको ट्वीटर

काठमाडौँ, २८ बैशाख । कोरोना नियन्त्रणका लागि चीन सरकारले उपलव्ध गराएको सबै मेडिकल सामग्री काठमाडौँ आइपुगेको छ । हिमालय एयरलाइन्स मार्फत हिजो र आज गरी ती सामग्रीहरु काठमाडौँ आएको हो ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले मेडिकल सामग्रीमा ४०  हजार आरटी पीसीआर किट, २० हजार एन – ९५ मास्क, १० हजार चस्मा, १० हजार पीपीई र ८ लाख सर्जिकल मास्क रहेको बताए ।

उक्त सामग्री काठमाडौँ स्थित चिनियाँ दुतावासले सोमबार विहान स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गर्ने बताइएको छ ।

यसअघि विहीबार मात्रै नेपाल सरकारलाई स्वीट्जरल्याण्ड सरकारले ३० हजार आरटी पीसीआर किट तथा रिएन्जेन्ट हस्तान्तरण गरेको थियो । किटहरुको उपलव्धतासंगै सरकारले पीसीआरको परीक्षण दर बृद्धि गरेको छ ।

पछिल्लो चौविस घण्टामा १ हजार ३०० बढीको पीसीआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताएका छन् ।

उता महानिर्देशक श्रेष्ठले अबको हप्ता बृहत परीक्षण गर्ने र त्यसले दिने नतिजाको आधारमा लकडाउन आंशिक तथा पूर्ण रुपमा हटाउने भन्ने बारेमा निर्णय हुनसक्ने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *