उदयपुरमा थप एक जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या ११० पुग्यो
विराटनगर, २७ बैशाख । उदयपुरको भुल्केका थप एकजना महिलामा कोरोनाभाइरस (कोभिड -१९)को संक्रमण देखिएको छ।
विराटनगरस्थित कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ४३ बर्षीया एक जना महिलामा कोरोना भाइरस पोजेटिभ देखिएको हो। यो संगै कुल संक्रमितको संख्या ११० पुगेको छ ।
आजै बिहान मात्रै भुल्केकै तीनजना महिलामा संक्रमण देखिएको थियो। उनीहरूलाई विराटनगरको कोसी अस्पताल भर्ना गरिएको छ। विहानै कपिलवस्तु र वीरगञ्जमा गरी अरु चार जनामा समेत कोरोना देखिएको थियो ।
पछिल्लो एक सहित आज मात्रै अहिलेसम्म ८ जना कोरोना संक्रमण थपिएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



