चीनबाट आयो ३० हजार पीसीआर किट तथा रिएजेन्ट


काठमाडौँ, २७ बैशाख । चीन सरकारले आइतबारसम्म उपलव्ध गराउने भनेको ४० हजार पीसीआर किट मध्ये ३० हजार किट आजै  नेपाल भित्रिएको छ ।

चीनको छोङछिङजियाङबे अन्तर्राष्ट्रिय विमानस्थलबाट सामान बोकेर काठमाडौँका लागि उडेको हिमालय एयरलायन्स आज विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

‘सामान दुई चरणमा आउने हो । आज ३० हजार पीसीआर किट र त्यसका लागि चाहिने रिएजेन्ट, १० हजार थान डिस्पोजेवल गाउन, फेस मास्क, सर्जिकल मास्क लगायतका कोभिड १९ उपचारका लागि चाहिने अत्यावश्यक सामग्री आइपुगेको छ,’ स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले भने । उनले बाँकी केही सामाग्री भोलिसम्ममा आइपुग्ने उनले बताए ।

यता हिमालय एयरलायन्सले आफ्नो कार्गो उडान मार्फत चिकित्सा उपकरण, परीक्षण किट, व्यक्तिगत सुरक्षा उपकरण (पिपिइ), मास्क र पञ्जालगायत अन्य कोभिड–१९ औषधिजन्य सामग्री ल्याएको जनाएको छ । यता विमानस्थलले हिमालयन्स एयरलायन्सले आज छ हजार ८९२ केजी स्वास्थ्य सामग्री आएको उल्लेख गरेको छ ।

एयरलायन्सले आफ्नो कार्गो उडानका चालकदलले सरकारी मापदण्डअनुरुप आवश्यक सम्पूर्ण स्वास्थ्य सुरक्षा उपायहरु अवलम्बन गरेको पनि कम्पनीले उल्लेख गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *