उदयपुर, पर्सा र कपिलवस्तुमा गरी थप ७ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या १०९ पुग्यो

420
Shares

काठमाडौँ, २७ बैशाख । उदयपुर, पर्सा र कपिलवस्तुमा गरी थप ७ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखा परेको छ । यो संगै कुल संक्रमितको संख्या १०९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीका अनुसार उदयपुरको भुल्के निवासी बर्ष १८, ४५ र ६५ बर्षका महिलाहरु, कपिलवस्तु निवासी बर्ष १७, १८ र १८ बर्षका पुरुषहरु र पर्सा छपकैया निवासी बर्ष ६२ बर्षका पुरुषमा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।

डा अधिकारीले राष्टिय जनस्वास्थ्य प्रयोगशाला र कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोभिड १९ पोजेटिभ भएको पाइएको बताए । उनले संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको समेत जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *