शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशकमा प्राडा प्रेमराज ज्ञवाली नियुक्त

काठमाडौँ, २६ बैशाख । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा प्राडा प्रेमराज ज्ञवाली नियुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको सिफारिसमा मन्त्रिपरिषदको बैठकले उनलाई ४ बर्षका लागि कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

प्राडा ज्ञवाली त्रिवि शिक्षण अस्पतालका मिर्गौला प्रत्यारोपण सर्जन हुन् । उनको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेको थियो ।

अहिलेसम्म सो केन्द्रको कार्यकारी निर्देशकको जिम्मेवारी डा पुकारचन्द्र श्रेष्ठले सम्हाल्दै आएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *