शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशकमा प्राडा प्रेमराज ज्ञवाली नियुक्त
काठमाडौँ, २६ बैशाख । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा प्राडा प्रेमराज ज्ञवाली नियुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको सिफारिसमा मन्त्रिपरिषदको बैठकले उनलाई ४ बर्षका लागि कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
प्राडा ज्ञवाली त्रिवि शिक्षण अस्पतालका मिर्गौला प्रत्यारोपण सर्जन हुन् । उनको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेको थियो ।
अहिलेसम्म सो केन्द्रको कार्यकारी निर्देशकको जिम्मेवारी डा पुकारचन्द्र श्रेष्ठले सम्हाल्दै आएका थिए ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



