उदयपुरमा कोरोना संक्रमणमा परी उपचार गराएका थप ८ जना डिस्चार्ज

कोरोना संक्रमित ८ जना निको भएर डिस्चार्ज हुनै लाग्दा कोशी अस्पताल (कोभिड – १९) उपचार केन्द्रले उत्कृष्ठ सेवाको प्रसंशा गर्दै विराटनगर रानी मर्कज मस्जिदका पदाधिकारी तथा मुस्लिम समुदाय । तस्बीर : मनोज दाहाल रासस

विराटनगर, २६ बैशाख ।  उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केका २८ जना कोरोना सङ्क्रमित बिरामीमध्ये उपचारपछि आज थप आठ जना कोशी अस्पताल विराटनगरबाट डिस्चार्ज भएका छन् ।

डिस्चार्ज हुनेमा एकजना भारतीय नागरिकसहित सात जना भुल्केका स्थानीय नागरिक रहेका स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताए । उनीहरुलाई यही वैशाख ८ गतेको स्वाब नमूना परीक्षणपछि कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि उपचारका लागि कोशी अस्पताल विराटनगर लगेर उपचारमा राखिएको स्वास्थ्य कार्यलयका प्रमुख सुवेदीले बताए ।

उपचारपछि उनीहरुमा पटक–पटक गरिएको स्वाब परीक्षणमा नेगेटिभ रिपोर्ट आएका कारण आज अस्पतालले उनिहरुलाई डिस्चार्ज गरेको कोशी अस्पताल विराटनगरलाई उदृढ गर्दै स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख सुवेदीले बताए ।

अस्पतालबाट डिस्चार्ज भएपछि उनीहरुलाई केही दिनका लागि विराटनगरस्थित रानी मस्जिदको क्वारेन्टाइनमा राखिन लगिएको पनि स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।

तीन दिनअघि पनि भुल्केमा सङ्क्रमित बनेका छ जना भारतीय नागरिकलाई कोशी अस्पतालले कोरोना सङ्क्रमण भएर उपचार गराई उपचारपछि रिपोर्ट नेगेटिभ आएका कारण अस्पतालबाट डिस्चार्ज गरेको थियो ।

अब भुल्केका २८ कोरोना सङ्क्रमितमध्य १४ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेकाले बाँकी १४ को भने उपचार भइरहेको बताइएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *