कोरोना जितेर ३४ वर्षीया महिला ३४ दिन पछि डिस्चार्ज

तस्बिर : दिनेश खबर

काठमाडौँ, २६ बैशाख । कोरोना भाइरस (कोभिड -१९)को स्थानीय संक्रमणमा परेकी धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की महिला सेती प्रादेशिक अस्पतालमा ३४ दिन लामो उपचार पछि घर डिस्चार्ज भएकी छन् । उनको डिस्चार्ज पछि कुनै बेला कोरोनाको ‘हटस्पट’ मानिएको सुदूरपश्चिम प्रदेशमा एक्टीभ केश सून्य भएको छ ।

अस्पतालका कोभिड – १९ संयोजक डा जगदीश जोशीले पछिल्लो दुईपटक लगातार कोभिड १९ को रिपोर्ट नेगेटिभ आएपछि आज डिस्चार्ज गरिएको बताए । ३४ बर्षीया ती महिलालाई गत २२ चैतमा कोरोना संक्रमण देखिएपछि सेती प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो ।

उनलाई संक्रमण देखिनु अघि विदेशबाट आएका उनको परिवारको एक जना सदस्यमा कोरोना पोजेटिभ देखिएको थियो । त्यस पछि परिवारका सदस्यलाई परीक्षण गर्दा उनमा पोजेटिभ देखिएको हो ।

उनलाई संक्रमण देखिएपछि नै पहिलो चरणमा रहेको नेपालको कोरोना संक्रमणको अवस्था दोस्रो चरणमा प्रवेश गरेको थियो । अर्थात आयातित केशबाट स्थानीय संक्रमणमा प्रवेश गरेको थियो ।

सेती अस्पतालमा यसअघि ५ जना कोरोना संक्रमितको उपचार भएको थियो ।

उनीसंगै भर्ना भएका दुई जना, त्यसअघि भर्ना भएका एक जना र उनीभन्दा पछाडि भर्ना भएकी एक जना गरी चार जना कोरोना संक्रमित भने सेती अस्पतालबाट यसअघि डिस्चार्ज भईसकेका छन्।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *