वीरगञ्जमा आज पुष्टी भएका १७ जना कोरोना संक्रमित एकै परिवारका सदस्य

पर्सा, २४ बैशाख । वीरगञ्जमा आज पुष्टी भएका १७ जना कोरोना संक्रमित एकै परिवारका सदस्य रहेको खुलेको छ । नारायणी अस्पतालका मेसु डा मदनकुमार उपाध्यायले गत १४ बैशाखमा संक्रमण देखिएका एक पुरुषको कन्ट्याक ट्रेसिङ गर्दा उनीहरुमा कोरोना पोजेटिभ भेटिएको बताए ।

‘गत १४ बैशाखमा बीरगञ्ज महानगरपालिका ३ छप्कैयाका पुरुषमा कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि उनको परिवार उनीसंग सम्पर्कमा रहेका ७० जनाको नूमना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो । त्यसमा १७ जनाको रिपोर्ट पोजेटिभ आयो ति सबै एकैपरिवारका सदस्य हुन् ,’ डा उपाध्यायले भने ।

आज संक्रमित हुनेमा २ महिने शिशु देखि ६६ बर्षका बृद्ध समेत छन् ।

एकैपटक ठूलो संख्यामा सक्रमण देखिएपछि अस्पतालले थप व्यवस्थापनका साथ उनीहरुलाई ल्याउने तयारी भइरहेको बताए । नारायणी अस्पतालमा अहिले नै आठ जना संक्रमितको उपचार भइरहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *