देशभरको लकडाउन ५ जेठ सम्म थपियो
काठमाडौँ, २४ बैशाख । सरकारले देशभर जारी लकडाउन आगामी ५ जेठसम्म थप्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले जारी लकडाउन ५ जेठसम्म थप्ने निर्णय गरेको हो ।
यसअघि सरकारले तोकेको लकडाउनको अवधी २५ बैशाख (भोलि) सकिदै थियो ।
गत ११ चैत देखि शुरु भएको लकडाउन थपिएको यो छैटौँ पटक हो भने लकडाउन लागू भएको आज ४४ दिन पुगेको छ ।
कसरी बढाइदै छ लकडाउन ?
पहिलो पटक : ११ चैत बिहान ६ बजेदेखि १८ चैत बिहान ६ बजेसम्म।
दोस्रो पटक : २५ चैत मध्यरातसम्म।
तेस्रो पटक : ३ वैशाख मध्यरातसम्म।
चौथो पटक : १५ वैशाख मध्यरातसम्म।
पाँचौँ पटक : २५ वैशाख मध्यरातसम्म।
छैटौँ पटक : ५ जेठ मध्यरातसम्म।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



