देशभरको लकडाउन ५ जेठ सम्म थपियो

 

काठमाडौँ, २४ बैशाख । सरकारले देशभर जारी लकडाउन आगामी ५ जेठसम्म थप्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले जारी लकडाउन ५ जेठसम्म थप्ने निर्णय गरेको हो ।

यसअघि सरकारले तोकेको लकडाउनको अवधी २५ बैशाख (भोलि) सकिदै थियो ।

गत ११ चैत देखि शुरु भएको लकडाउन थपिएको यो छैटौँ पटक हो भने लकडाउन लागू भएको आज ४४ दिन पुगेको छ ।

कसरी बढाइदै छ लकडाउन ?

पहिलो पटक : ११ चैत  बिहान ६ बजेदेखि १८ चैत  बिहान ६ बजेसम्म।

दोस्रो पटक  : २५ चैत  मध्यरातसम्म।

तेस्रो पटक :  ३  वैशाख मध्यरातसम्म।

चौथो पटक : १५ वैशाख  मध्यरातसम्म।

पाँचौँ पटक : २५  वैशाख  मध्यरातसम्म।

छैटौँ  पटक :  ५ जेठ  मध्यरातसम्म।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *