नेपालमा देखिएको कोरोना भाइरस कस्तो खालको हो ? जिन खोज्दै नेपाली बैज्ञानिक

काठमाडौँ, २४ बैशाख । नेपालमा देखिएको कोरोना भाइरस (कोभिड – १९) कस्तो खालको हो ? नेपाली बैज्ञानिकहरुले यसको जिन पत्ता लगाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगर्ततको नेपाल स्वास्थ्य अनुसन्धान परिषदको अगुवाईमा यसको अनुसन्धान हुने भएको हो ।

परिषद्ले मंगलबार नै जिनसँग सम्बन्धित विभिन्न बैज्ञानिकसंग छलफल गरी अध्ययन प्रक्रिया अघि बढाएको जनाएको छ ।

“अनुसन्धान प्रक्रिया शुरु भइसक्यो । यो अध्ययनपछि कोरोनाको ‘जिन सिक्वेन्सिङ’ पत्ता लाग्नेछ, संक्रमण एक ठाँउबाट अर्को ठाँउमा फैलँदै गर्दा त्यसले सार्न सक्ने क्षमता ‘प्याथोजेनेसिटी’ के भयो ? आदिका बारेमा समेत जानकारी हुनेछ,” नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्यसचिव डा. प्रदीप ज्ञवालीले भने ।

उनले अरू देशमा मानिसको ज्यान गइरहेको अवस्थामा नेपालमा भने सङ्क्रमितको अवस्थामा सामान्य रहनुमा कोभिड – १९ को जिनमा आएको परिवर्तन हो कि भन्ने देखिएकाले यसको अध्ययन आवश्यक रहेको समेत स्पष्ट पारे ।

उक्त अध्ययनका लागि नेपालमा रहेका भाइरोलोजीमा काम गरिरहेका जिनविज्ञ, संस्था र विदेशमा रहेका वैज्ञानिकसँग छलफल अघि बढाइएको छ ।

अहिलेसम्मको अध्ययनले दोस्रो “यहाँ कोभिड–१९ को लक्षण बिना नै सङ्क्रमण देखिएको छ । कुन चाहिँ जिनले मानिसमा सङ्क्रमण भइरहेका छन्”, नेपाल स्वास्थ्य व्यवसायी परिषदका रजिष्ट्रार पुष्पराज खनालले अगाडी थपे, “त्यसैले भाइरसको कुन चाहिँ जिन नेपालमा बढी रहेको छ । त्यसको अध्ययन गर्न थालेका हौँ ।”

परिषद्ले अहिलेसम्मका सङ्क्रमितहरुकै स्वाब र रगतबाट जिनको प्रकार पत्ता लगाउने हो । अध्ययनबाट नेपालमा अमेरिका, चीन, भारत र अन्य देशमा रहेको जिन छ वा छैन भनेर पनि पत्ता लगाइने कोभिड– १९ सम्बन्धित प्रयोगशाला सल्लाहाकार समितिका सदस्यसमेत रहेका खनालले जानकारी दिए ।

उनका अनुसार सङ्क्रमित ८२ जनाको स्वाब सङ्कलन गरी जिन कुन प्रकारको रहेको भन्ने पत्ता लगाइने छ । उहाँले जिनको अध्ययन गरेर नेपालमा रहेको जिनको तहगत वर्गीकरण गरिनेसमेत उनले बताए ।

जिन पत्ता लगाएपछि कोभिड– १९ को उपचारका लागि आवश्यक भ्याक्सिन र औषधि पत्ता लगाउन सकिने उनको भनाइ छ । “इटाली, वुहान र अमेरिकामा सङ्क्रमण देखिएका मानिस मरिरहेका छन् तर यहाँ त मरेका छैनन,” उनले भने , “मानिसको मेडिकल लक्षण चिह्न (क्लिनिकल साइन सिन्ट्रोम) छैन । मान्छे देख्दा सामान्य छ तर सङ्क्रमण देखिएको छ । के रहेछ । यो जिनको कारणले हो ।”

जिनको अध्ययनका लागि काठमाडौँ विश्वविद्यालय र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)मा रहेका जेनेटिक ल्याबमा अनुसन्धान गरिने बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *