जुम्लामा पिसिआरबाट कोरोना जाँच, सबैको रिपोर्ट नेगेटिभ


जुम्ला, २३ वैशाख । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पिसिआर प्रविधिबाट कोभिड–१९ को जाँच गर्दा आठजनाको रिपोर्ट नेगेटिभ आएको छ ।

अस्पतालमा सो प्रविधिबाट पहिलोपटक कोरोना जाँच सोमबारदेखि शुरुआत भएको प्रतिष्ठानका प्रमुख प्रशासकीय अधिकृत अमृत भण्डारीले जानकारी दिए ।

आठजनाको स्वाब परीक्षण गर्दा सबैजनाको रिपोर्ट नेगेटिभ आएको अस्पताल निर्देशक डा मङ्गल रावलले जानकारी दिए। उनका अनुसार मुगु खत्याडका एकजना सहित तातोपानी गाउँपालिकाका सातजनाको स्वाब परीक्षण गरिएको थियो ।

अस्पतालमा सो प्रविधि ल्याइएपछि यहाँ कोरोना परीक्षण गर्न सहज भएको छ । पहिलोे पटक २०० किट पुगेपछि सो जाँचको परीक्षणको काम शुरु भएको थियो । अगामी शनिबारसम्म पुग्ने गरी एक हजार किट प्रतिष्ठानले माग गरेको छ । किट उपलब्ध हुनेबित्तिकै जिल्ला बाहिरबाट भित्रिएका सबैको स्वाब परीक्षण हुने जनाइएको छ । जुम्ला, मुगु र कालीकोटबाट पनि स्वाब सङ्कलन गरेर परीक्षण गर्ने तयारी प्रतिष्ठानले गरेको छ । यो प्रविधिले एकपटकमा ९६ जनाको स्वाब परीक्षण गर्न सकिने क्षमताको छ ।

कर्णाली प्रदेश सरकारले पनि तत्कालीन कर्णालीका पाँच जिल्ला जुम्ला, हुम्ला, मुगु, डोल्पा र कालीकोट कर्णाली प्रतिष्ठानले हेर्ने गरी कार्यक्षेत्र निर्धारण गरेको छ । आजदेखि नेपालगञ्ज र भारतदेखि जुम्ला भित्रिएकाहरुको स्वाब परीक्षण गरिने प्रशासकीय अधिकृत भण्डारीले जानकारी दिए । अस्पतालमा पिसिआर प्रविधिबाट स्वाब परीक्षण कार्य सफल भएपछि स्थानीय उत्साहित छन् । अहिलेसम्म कर्णालीमा कोरोना सङ्क्रमण भेटिएको छैन ।

¥यापिड टेष्टको रिपोर्ट नेगेटिभ

तिला गाउँपालिका–८ जुम्लाकोट गाउँस्थित देउराली माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका ३१ जनामध्ये १६ जनाको मात्र ¥यापिड डाइग्नोष्टिक टेष्ट गरिएको हो ।

सो गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेश शाहीका अनुसार कोरोना भाइरस सङ्क्रमण जिल्लाबाट आएका व्यक्तिहरुको नमूनाका रुपमा कोरोना परीक्षण गरिएको हो । क्वारेन्टाइनमा बसेको १५औँ दिनमा १६ जनाको ¥यापिड टेष्ट गर्दा सबैजनाको रिपोर्ट नेगेटिभ आएको उनले जानकारी दिए ।

त्यसैगरी सोही गाउँपालिका–९ राँसामालापानी क्वारेन्टाइनमा बसेका २० जनामध्ये ६ जनाको मात्र कोरोना परीक्षण ¥यापिड टेष्ट गर्दा रिपोर्ट नेगेटिभ आएको जनाइएको छ ।

परीक्षणका लागि किट अभाव भएपछि क्वारेन्टाइनमा बसेका सबैको ¥यापिड टेष्ट गर्न नसकिएको स्वास्थ्य शाखा प्रमुख शाहीले जानकारी दिए । कोरोना परीक्षण गरिएका र नगरिएका सबैजनालाई १५औँ दिनसम्म होम क्वारेन्टाइनमा बस्न सुझाव दिएर घर पठाइएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *