नेपालगञ्जमा कोरोना : कन्ट्याक्ट ट्रेसिङमा भेटिएका ९४ जनाको परीक्षण गर्दा २२ जनामा पोजेटिभ

बाँके, २३ बैशाख । एक जना कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्दा भेटिएका अरु ९४ जनाको परीक्षण गर्दा थप २२ जना (२३.४० प्रतिशत)मा कोरोना पोजेटिभ पाइएको छ ।

यसअघि स्थानीय  मस्जितहरुमा रहेका ११ जनाको नमूना लिई पीसीआर परीक्षण गर्दा गत शुक्रबार स्थानीय मदरसाहरुमा पढाउने एक जना व्यक्तिमा ६० बर्षका व्यक्तिमा कोरोना संक्रमण भएको पाइएको थियो ।

त्यसपछि उनको कन्ट्याक ट्रेसिङ गरी थप ९४ जनाको परीक्षण गरियो त्यसमध्ये थप २२ जनामा कोरोना पोजेटिभ देखियो । भेरी अस्पताल प्रयोगशालाका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

कुल ९४ मध्ये भरीले गत आइतबारसम्म ६० जनाको परीक्षण गरेको थियो । त्यसमा १५ जना संक्रमण पाइएको थियो । हिजो देखि शुरु गरिएको बाँकी ३४ जनाको परीक्षण गर्दा आज थप ७ जनाको कोरोना पोजेटिभ देखिएको हो । आज संक्रमित सबै नेपालगञ्ज उपमहानगरपालिका ८ का बासिन्दाहरु हुन् । यसमा बालबालिका देखि गृहणीहरुसमेत परेका छन् ।

श्रेष्ठले गत आइतबार र आज संक्रमणमा परेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने र नमूना लिने कार्य अब शुरु गर्न लागिएको बताए । ‘हामीले ती क्षेत्रहरुलाई अस्ति देखि नै सिल गरेका छौँ । अब कन्ट्याक ट्रेसिङ गरी सम्भावित सबैको नमूना लिने र परीक्षण गर्ने कार्य गर्दैछौँ,’ उनले भने ।

आज संक्रमित सबैलाई खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा बनाइएको आइसोलेसनमा राख्ने तयारी भएको छ । संक्रमित सबैको अवस्था सामान्य भएको बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *