नेपालगञ्जमा थपिएका छैनन् संक्रमित

काठमाडौँ, २१ बैशाख । बाँकेको नेपालगञ्जमा आज १५ जना मात्रै कोरोना संक्रमित भएको भेरी  अस्पतालले जनाएको छ । कतिपय सञ्चारमाध्यमले आइतबार राती थप ९ जनामा कोरोना संक्रमण भएको भन्दै कुल संक्रमित २४ पुरयाएपछि अस्पतालको यस्तो धारणा आएको हो ।

‘शुक्रबार भेटिएको एक जना संक्रमितको कन्ट्याक ट्रेसिङ गर्ने क्रममा ९० जनाको थ्रोट स्वाब लिइएको थियो । त्यसमध्ये ६० जनाको आज दुई पटक नतिजा आएको हो र कुल १५ जना हो । बाँकी ३० जनाको परीक्षण नै भएको छैन् । उनीहरुको भोली मात्रै परीक्षण गर्ने योजनामा छौँ । परीक्षण नहुँदै कसरी केश थपिन्छ ?,’ भेरी  अस्पतालका मेसु डा प्रकाश थापाले भने ।

उनले धेरै केश देखिएर ल्याव कन्टामिनेट भएपछि आज थप परीक्षण नगरी फ्युमिगेसन गरी होल्ड गरिएको बताए ।

नेपालगञ्जमा गत शुक्रबारको १ र आजको १५ सहित कुल १६ जना मात्रै संक्रमित छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *