नेपालगञ्जमा थपिएका छैनन् संक्रमित

4.1k
Shares

काठमाडौँ, २१ बैशाख । बाँकेको नेपालगञ्जमा आज १५ जना मात्रै कोरोना संक्रमित भएको भेरी  अस्पतालले जनाएको छ । कतिपय सञ्चारमाध्यमले आइतबार राती थप ९ जनामा कोरोना संक्रमण भएको भन्दै कुल संक्रमित २४ पुरयाएपछि अस्पतालको यस्तो धारणा आएको हो ।

‘शुक्रबार भेटिएको एक जना संक्रमितको कन्ट्याक ट्रेसिङ गर्ने क्रममा ९० जनाको थ्रोट स्वाब लिइएको थियो । त्यसमध्ये ६० जनाको आज दुई पटक नतिजा आएको हो र कुल १५ जना हो । बाँकी ३० जनाको परीक्षण नै भएको छैन् । उनीहरुको भोली मात्रै परीक्षण गर्ने योजनामा छौँ । परीक्षण नहुँदै कसरी केश थपिन्छ ?,’ भेरी  अस्पतालका मेसु डा प्रकाश थापाले भने ।

उनले धेरै केश देखिएर ल्याव कन्टामिनेट भएपछि आज थप परीक्षण नगरी फ्युमिगेसन गरी होल्ड गरिएको बताए ।

नेपालगञ्जमा गत शुक्रबारको १ र आजको १५ सहित कुल १६ जना मात्रै संक्रमित छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *