नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या ७५ पुग्यो
काठमाडौँ, २१ बैशाख । बाँकेको नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो । यो संगै नेपालमा कुल संक्रमितको संख्या ७५ पुगेको छ ।
पछिल्लो पटक संक्रमित हुनेहरुमा नेपालगञ्ज उपमहानगरपालिका ८ निवासी बर्ष १६, २१ र ३४ बर्षका पुरुष तथा बर्ष ४०, ५५ र ६० बर्षका महिलाहरु छन् ।
यसअघि आइतबार नै मन्त्रालयले ९ जनामा कोरोना संक्रमण भएको जानकारी दिएको थियो ।
केही दिनअघि नेपालगञ्ज उपमहानगरपालिकाका ६० वर्षका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
ती ब्यक्तिको कन्ट्याक ट्रेसिङ गरेर ९० जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रयोगशाला लगिएको थियो । तीमध्ये परीक्षण भइसकेको नमुनामा अहिलेसम्म १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
अधिकारीहरुले संक्रमणको संख्या थपनिसक्ने बताएका छन् ।
सम्पर्क इमेल : [email protected]