प्रदेश नं २ मा दुई हजार ३१० को नमूना सङ्कलन


जनकपुरधाम, १९ वैशाख । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले प्रदेश नं २ मा आज ९२ जनाको स्वाबको नमूना सङ्कलन गरिएको छ ।

यो सँगै अहिलेसम्म प्रदेशमा दुई हजार ३१० जनाको स्वाबको नमूना सङ्कलन गरिएको छ । तीमध्ये एक हजार ४४५ जनाको नमूना परीक्षण गर्दा एक हजार ४३३ जनाको नतिजा नेगेटिभ आएको छ भने ८६५ जनाको नतिजा आउन बाँकी रहेको यहाँ आयोजित पत्रकार सम्मेलनमा सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले जानकारी दिए ि।

उनका अनुसार यो प्रदेशका कोरोना सङ्क्रमित १२ जनामध्ये चारजना उपचार गराई घर फर्किसकेका छन् भने आठजनाको उपचार भइरहेको छ । यो प्रदेशभित्र विगत २४ घण्टामा आरडिटी परीक्षण नभएको र सोभन्दा पहिले पाँच हजार ९१ जनाको परीक्षण गरिएको उनले बताए ।

यस प्रदेशअन्तर्गतका विभिन्न क्वारेन्टाइनमा एक हजार ३७२, होम क्वारेन्टाइनमा चार हजार ५८७ र आइसोलेशनमा २५ जना बसेका छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *