नेपालगञ्ज र रुपन्देहीमा थप दुई जनामा कोरोना पोजेटिभ, कुल संक्रमितको संख्या ५९ पुग्यो
काठमाडौँ, १८ बैशाख । नेपालगञ्ज र रुपन्देहीमा गरी थप दुई जनामा कोरोना भाइरस (कोभिड१९)को संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमण हुनेहरुमा नेपालगञ्जका ६० बर्षका पुरुष र रुपन्देहीका २५ बर्षका पुरुष छन् ।
उनीहरु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको समेत बताइएको छ । यो संगै कोरोना संक्रमितको कुल संख्या ५९ पुगेको छ ।
संक्रमित ५९ मध्ये १६ जना उपचारपछि डिस्जार्ज भइसकेका छन्। बाँकी ४३ संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाइसकेको छ।
मन्त्रालयको पछिल्लो तथ्याङक अनुसार हालसम्म नेपालमा कोरोनाको आशंकामा परीक्षण हुनेको संख्या ५८ हजार ८ सय ७१ पुगेको छ। भने जसमध्ये १२ हजार ११ जनाको पिसिआर र ४६ हजार ८ सय ६० जनाको आरडिटीबाट परीक्षण भएको हो।
सम्पर्क इमेल : [email protected]