सशस्त्रको बलम्बु अस्पतालमा सेना र प्रहरीका स्वास्थ्यकर्मीले काम गर्ने बाटो खुल्यो

काठमाडौँ, १९ बैशाख । कोभिड १९का बिरामीको उपचार गर्न बनाइएको सशस्त्र प्रहरीको बलम्बु अस्पतालमा अब नेपाली सेना र नेपाल प्रहरीका चिकित्सक नर्स तथा प्यारामेडिक्स समेतले काम गर्नेछन् ।

गत आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले कोभिड १९ युनिफाइड अस्पताल सञ्चालन आदेश, २०७७ स्वीकृत गर्ने निर्णय गरेसंगै अव सेना र प्रहरीका स्वास्थ्यकर्मीले सो अस्पतालमा एकीकृत ढंगले काम गर्ने बाटो खुलेको हो ।

सरकारले यसअघि नै बलम्बु अस्पताललाई कोरोनाका विरामीहरुको मात्रै उपचार गर्ने विशेष अस्पताल बनाउने निर्णय गरेको थियो । सो निर्णयसंगै अस्पतालको स्रोत साधन र पूर्वाधारमा थप परिमार्जन गर्न शुरु गरेको थियो ।

‘कोभिड -१९ युनिफाइड अस्पताल सञ्चालन आदेश – २०७७ स्वीकृत भएंसंगै अब सेवा एकीकृत ढंगले सेवा सुचारु गर्न बाटो खुलेको छ,’ स्वासथ्य तथा जनसंख्या मन्त्रालयका कानून उपसचिव पुस्करराज नेपालले भने ।

आदेश स्वीकृत भएपनि अस्पतालमा आवश्यक थप आइसीयू तथा भेन्टिलेटरहरुको उपलव्धता पुरा भइसकेको छैन् । केही दिनमै त्यो उपलव्धता हुने समेत मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

अहिले कोरोना – १९ को उपचार उपत्यकामा टेकु अस्पताल र पाटन अस्पतालमा हुँदै आइरहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *