चार अस्पताललाई स्वास्थ्य सामग्री प्रदान

232
Shares

काठमाडौँ, १८ वैशाख । कोरिया सरकारले नेपालका चार अस्पताललाई रु ९० लाखबराबरका छ प्रकारका स्वास्थ्य सामग्री आज प्रदान गरेको छ ।

कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) मार्फत नुवाकोटस्थित त्रिशूली अस्पताल, भक्तपुरको नेपाल–कोरिया मैत्री अस्पताल, कैलालीको टीकापुर अस्पताल र काभ्रेको धुलिखेल अस्पताललाई कोभिड–१९ विरुद्ध जुध्न ती स्वास्थ्य सामग्री प्रदान गरिएको हो ।

नेपालका लागि कोरियाका राजदूत पार्क योङसिकले सम्बन्धित अस्पतालका अध्यक्षहरुलाई स्वास्थ्य सामग्री प्रदान गर्दै जनस्वास्थ्यले झेल्नु परेको अहिलेको विषम परिस्थितिमा केही सहयोग भए पनि अस्पताललाई उपलब्ध गराउन पाएकामा खुशी व्यक्त गर्दै यो परिस्थितिबाट शीघ्र छुटकारा मिल्ने विश्वास व्यक्त गरे ।

यसैबीच कोइकाले समावेशी ग्रामीण विकास तथा जीवनयापन परियोजनामार्फत नवलपरासीका ४३३ घरपरिवारलाई राहत सामग्री खरिदका निम्ति रु १३ लाख प्रदान गरेको छ । सुनवली र मध्यविन्दु नगरपालिकाका साथै सुस्ता, प्रतापपुर, फलेडाँडा र सरावल गाउँपालिकाका बासिन्दालाई राहत सामग्री उपलब्ध गराउन उक्त रकम खर्च गरिनेछ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *