कोरोनाविरुद्ध काम गर्न स्वास्थ्यले बनायो ३७ सदस्यीय इन्सीडेन्ट कमाण्ड सिस्टम

काठमाडौँ, १८ बैशाख । कोरोना भाइरस( कोभिड – १९) विरुद्ध काम गरिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सचिव यादव प्रसाद कोइरालाको संयोजकत्वमा ३७ सदस्यीय इन्सीडेन्ट कमाण्ड सिस्टम बनाएको छ ।

मन्त्रालयले सो सिस्टमको अप्रेसन अफिसरको जिम्मा डा गुणराज लोहनीलाई तोकेको छ । यस्तै विभिन्न महाशाखा प्रमुख र बाहिरबाट ल्याइएका विज्ञहरुलाई विभिन्न विषयमा जिम्मेवारी तोकिएको छ ।

मन्त्रालयले यसैसाता तयार पारेको आइसीएसको समन्वय तथा अनुगमन टोलीमा प्राडा प्रदीप बैद्य, डा सुरेश तिवारी, डा सुशील बराल र दामोदर अधिकारीलाई राखिएको छ । यस्तै सूचना तथा तथ्यांक टोलीमा डा अमित पोखरेल, शिव शर्मा र प्रदीप पौडेल राखिएको छ ।

कोरोनाविरुद्ध योजना तथा बजेट अधिकृतको रुपमा डा बासुदेव पाण्डेलाई तोकिएको छ । उनको नेतृत्वमा लिलाराज पौडेल, डा गुणनिधि शर्मा, डा पोमा थापा, सुशील लेखक, हेमा भट्ट र रोशन कर्णलाई राखिएको छ ।

यस्तै आपूर्ति टोलीको जिम्मेवारी भोगेन्द्रराज डोटेलको संयोजकत्वमा चुडामणी भण्डारी, बाबुराम हुमागाई र डा राहुल प्रधानलाई तोकिएको छ ।

अर्थ तथा प्रशासनको नेतृत्व रघुराम विष्टको नेतृत्वमा मुक्तिथान न्यौपाने, प्रमोद सिम्खडा, दिवाकर घिमिरे, मोहन थापा र राजन अधिकारी तोकिएको छ ।

यस्तै सञ्चारमा डा विकास देवकोटाको नेतृत्वमा डा समीर अधिकारी, कुन्ज जोशी, दुर्गा खड्का मिश्र र सुनुर बर्मा तोकिएको छ ।

यस्तै अनुसन्धानका लागि डा प्रदीप ज्ञवालीको संयोजकत्वमा डा शरद शर्मा, प्राडा राजेन्द्र बिसी, प्राडा सुजनबाबु मरहट्टा, पवन घिमिरे र डा कृष्ण अर्याल तोकिएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *