स्वास्थ्यकर्मी संघले भन्यो, ‘प्राविधिक समूहको सचिव तत्काल चाहियो मन्त्री ज्यू’

काठमाडौँ, १७ बैशाख । नेपाल स्वास्थ्यकर्मीसंघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रिक्त स्वास्थ्य समूहको (प्राविधिक) सचिव नियुक्ति प्रकृया अघि बढाउन स्वास्थ्य मन्त्री भानुभक्त ढकालको ध्यानाकर्षण गराएको छ ।

स्वास्थ्यमा लामो समय देखि स्वास्थ्य समूहको सचिव पद रिक्त भएको भन्दै संघले आज प्रेस वक्तव्य मार्फत नियुक्ति प्रक्रिया अघि बढाउन मन्त्रीको ध्यानाकर्षण गराएको हो ।

स्वास्थ्य समूहकी सचिव डा पुप्पा चौधरीले गत १३ कात्तिकमा पदबाट राजिनामा दिएकी थिइन । उनको राजिनामा २८ पुसमा स्वीकृत भएको थियो । त्यस यता स्वास्थ्यमा प्राविधिक समूहको सचिव रिक्त छ ।

संघका अध्यक्ष रामजी घिमिरेद्धारा आज जारी विज्ञप्तीमा स्वास्थ्य सेवा ऐनको दफा १९ मा स्वास्थ्य सेवाका कर्मचारी वा स्वास्थ्यकर्मीबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सचिव बनाउने व्यवस्था भएको र अहिले महामारीको सन्दर्भमा आवश्यक पर्ने प्राविधिक नेतृत्वको कमी भएको उल्लेख छ ।

स्वास्थ्यमा अहिले प्राविधिक समूहबाट बाह्रौँ तहमा डा रोशन पोखरेल, डा दीपेन्द्ररमण सिंह र महेन्द्रप्रसाद श्रेष्ठ रहेका छन् ।
यस्तो छ विज्ञप्ती

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *