भारतमा ३१ हजारभन्दा बढी कोरोना संक्रमित, मृतकको संख्या हजार नाघ्यो

52
Shares


नयाँदिल्ली, १७ वैशाख । भारतमा कोरोनाभाइरसबाट ३१ हजार ३३२ जना संक्रमित भइसकेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ ।

पछिल्लो पटक कोरोना संक्रमित ७३ जनाको मृत्यु भएको छ । यो सहित भारतमा कोरोना संक्रमितमध्ये एक हजार ७ जनाको मृत्यु भएको छ ।

भारतमा देखिएका कोरोना पीडितमध्ये ७ हजार ६९५ जना निको भएर घर फर्किएका छन् भने हाल २२ हजार ६२९ जना उपचारका क्रममा छन् ।

मन्त्रालयका अनुसार भारतको महाराष्ट्र राज्यमा कोविड–१९ बाट सर्वाधिक ९ हजार ३१८ जना संक्रमित भएका छन् जसमध्ये १ हजार ३८८ जना निको भएका छन् । महाराष्ट्रमा मात्र ४०० जनाको मृत्यु भएको छ ।

दोस्रो बढी संक्रमित भेटिएको गुजरातमा तीन हजार ७४४ जनामा संक्रमण देखिएको छ । यहाँ १८१ जनाको मृत्यु भएको छ । दिल्लीमा भने तीन हजार ३१४ जना संक्रमित भएकामा ५४ जनाको मृत्यु भएको छ । मध्य प्रदेशमा दुई हजार ३८७ जना, गोवामा ७ जना, अरुणाचलमा १ जना, मणिपुरमा २ जना, त्रिपुरामा २ जनामा कोरोना संक्रमण देखिएको छ ।   रासस/एएनआई

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *