विश्वव्यापी महामारीको रुप लिएको ‘कोभिड – १९’ लाई कसरी परास्त गर्ने ?

मदनकुमार ओली

कोरोना भाइरस ( कोभिड – १९)ले विश्व व्यापी महामारीको रुप लिएको छ । यसको नियन्त्रण कहिलेसम्म हुन्छ ? अहिले भन्न गाह्रो छ ।

पहिलो केश देखिएको चार महिना पुग्नै लाग्दा ३१ लाख बढी मानिसमा यसको संक्रमण देखिएको छ । २ लाख १७ हजार मानिसको ज्यान गएको छ । संसारका प्राय सबै देशमा यसको संक्रमण देखिएको अवस्था छ ।

हाम्रा लागि कोभिड एक भयानक संक्रामक रोगको रुपमा देखा परेको छ । तर यो मात्रै भयानक रोग भने होइन । विभिन्न कालखण्डमा यस्तै डरलाग्दो रुपमा विश्वव्यापी महामारीका रुप लिने विभिन्न रोगहरु छन् । ती रोगले लाखौँ करोडौँ मानिसको ज्यान लिएका छन् ।

जस्तै हेरौँ न केही रोगका उदाहरण :

१) एचआईभी /एड्सको महामारी :
सन् १९७६ मा प्रजातान्त्रिक गणतन्त्र कंगोमा पहिलोपटक देखिएको एचआईभी एड्सको महामारीबाट सन् १९८१ देखि २०१२ सम्म ३ करोड ६० लाख मान्छे मरेका थिए । यसैको संक्रमणबाट सन् २०१८ सम्ममा ७ लाख ७० हजार थप मान्छे मरिसकेका छन् ।

२) हैजा महामारी :
हैजाले तीनपटकसम्म विश्वव्यापी महामारीको रुप लिएको थियो । पहिलो पटक सन् १३४६ मा हो । त्यसबेलाको महामारीबाट संसारका करीब ९० लाख मानिसको मृत्यु भएको बताइने गरेको छ । यस्तै सन् १८५७ मा १० लाख र तेस्रो पटक सन् १९१० मा ८० लाख मान्छेहरुले ज्यान गुमाएको विभिन्न अध्ययनहरुमा उल्लेख छ ।

३) ब्ल्याक डेथ प्लेग :

ब्ल्याक डेट प्लेग विश्वव्यापी महामारी फैलाउने एउटा प्रमुख रोग हो । यो रोगबाट १४ आंै शताब्दीमा युरोपको एक तिहाइ मान्छेको मृत्यु भएको अनुमान छ । बोनिक प्लेगका कारण सन् १३४६ मा अफ्रिका,युरोप र एसियामा गरि २० करोड मान्छेको मृत्यु भएको बताइएको छ । यसै गरि एन्थेटिक प्लेगका कारण का कारण मेसोपोटामियामा सन् १३६५ मा विश्वका धेरै देशमा गरि करीब २० करोड मान्छेको ज्यान गएको थियो ।

४) फ्लुजन्य महामारी :
सन १९६८ मा करीब ३ महिनासम्म हङकङ, सिगांपुर, भिएतनाम, फिलिपिन्स, भारत, अमेरिकासम्म एच३एन२ नामक भाइरसका कारण १० लाख मान्छे मरेका थिए । यस्तै बर्ड फ्लु, स्वाइन फ्लु, एसियन फ्लुका कारण सन् १९०८ मा ५ करोडसम्म मान्छेको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

अब कोरोना भाइरस अर्थात कोभिड – १९ बारे कुरा गरौँ ,

कोभिड – १९ : 
नोबल कोराना भाइरस (कोभिड – १९) सर्वप्रथम चीनको वुहान शहरमा सन् २०१९ डिसेम्बरमा देखा परेको थियो । त्यसको चार महिना सकिन लाग्दा अहिले संसारका प्राय सबै देश यसको संक्रमणमा परेका छन् । विश्व स्वास्थ्य संगठनले यसलाई विश्वव्यापी महामारीको संज्ञा दिएको अवस्था छ । नोबल कोराना भाइरसका कारण आजसम्म संक्रमण हुनेको संख्या ३१ लाख नाघेको छ । मृत्यु हुनेको संख्या २ लाख १७ हजार नाघेको छ । निको हुनेको संख्या ९ लाख बढी छ ।

नेपालको सन्र्दभमा कुरा गर्दा संक्रमितको संख्या ५४ पुगेको छ । तीमध्ये १६ जना उपचार पछि घर फर्केका छन् । अहिलेसम्म यो भाइरसबाट नेपालमा कसैको मृत्यु भएको छैन् ।

कोरोना रोकथामका उपायहरु :
१) हातमा हुन सक्ने कुनै पनि भाइरसलाई मार्नको लागि नियमित रुपमा सावुनपानीले हात धुने, स्यानिटाइजरको प्रयोग गर्ने ।
२) ज्वरो, रुघाखोकि र हाछ्यु भएमा एकआपसमा कम्तिमा १ मिटर (३ फिट) सामाजिक दुरि कायम हुनुर्पछ । किनकी खोख्दा हाछ्यु गर्दा बिरामीको नाक मुखबाट भाइरससहितका सिगान तथा थुकका छिट्टाहरु हावाको माध्यमबाट निरोगी मानिसमा सर्न सक्छ ।
३)जथाभावि र जतिखेर पनि हातले आँखा, नाक, मुखलाई छुनु हुदैन । यसो गरिरहँदा हातमा भएका भाइरसहरु श्वासमार्ग सम्म पुग्न सक्छन् ।
४) शुद्ध हावा र स्वच्छ श्वासप्रस्वास ख्याल गर्नुपर्छ । हात खुट्मामा लगाइएका, पन्जा, खोक्दा हाछ्यु गर्दा प्रयोगमा आएका फोहर तथा फोहरजन्य सामार्गीहरुलाइ तोकिएको ठाउमा विर्सजन गर्नु पर्छ ।
५)यदि हामिलाई अस्वस्थ्य महसुस भएमा घरमै बस्नु पर्दछ । हामीलाई ज्वरो, रुघाखोकी र श्वास फेर्न गाह्रो भएमा चिकित्सक सहयोग लिने र कल सेन्टरमा (१११५ र ११३३) फोन गर्नु पर्दछ र प्राप्त निर्देशनहरुको पालना गर्नुपर्दछ । स्वास्थ्य समस्या भएमा स्थानिय स्वास्थ्य संंस्थामा सम्पर्क गर्नु पर्दछ ।
६) सूचना सम्र्पकमा रहनु पर्छ । स्वास्थ्य सेवा प्रदायक, सघिंय, प्रदेश र स्थानिय सरकारहरुले दिएका कोभिड १९ सम्वन्धी सूचना ग्रहण तथा अनुसरण गर्नुपर्दछ ।
बिदेशबाट आएका तथा बिरामीको सम्पर्कमा आएका नागरिकलाई १४ दिन देखि २१ दिन सम्म अनिबार्य क्वारिन्टाइन बस्दा कोरोना भाइरस मर्ने र रोग सर्ने सम्भावना कम हुन्छ । लक डाउन नोबल कोराना भाइरसको संक्रमण रोक्ने एक उत्तम उपाय हो ।

बाह्य तथा आन्तरिक गतिविधि पुर्ण रुपमा बन्द गरी एक समुदायबाट अर्को समुदायमा, जिल्लाबाट जिल्लामा र देशबाट बिदेशमा, बिदेशबाट देशमा संक्रमण रोक्न र हुन सक्ने ठूलो धनजनको क्षतिबाट बच्न “सरकारको आदेश र नागरिकको धैर्यता, लक डाउन” सर्बोत्कृष्ट उपाय हो । यसको पूर्ण पालना गरौँ । कोभिड – १९ हामीबाट परास्त हुन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *