पूर्व स्वास्थ्य मन्त्री अधिकारीबाट कोरोना कोषमा सहयोग

408
Shares

कास्की, १६ बैशाख । पूर्वस्वास्थ्यमन्त्री तथा प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले पोखरा महानगरपालिकाको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार राहत कोषमा रु ५० हजार सहयोग गरेका छन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद अधिकारीले महानगरपालिका प्रमुख मानबहादुर जिसीलाई सो रकम हस्तान्तरण गरेका हुन् । सो अवसरमा उनले बन्दाबन्दीका कारण कोही पनि भोको बस्नुपर्ने अवस्था आउन नदिन प्रभावकारी एवं व्यवस्थितरूपमा राहत वितरण गरिनुपर्नेमा जोड दिए ।

सांसद अधिकारीको पहलमा रुपा गाउँपालिका–६ रुपाकोटमा रहेका मुस्लिम समुदायका १२५ परिवारका लागि राहत प्रदान गरिएको छ । उनले चामल, तेल, दाललगायत दैनिक उपभोग्य राहत सामग्री गाउँपालिकाका अध्यक्ष नवराज ओझालाई हस्तान्तरण गरेका थिए ।

अध्यक्ष ओझाले रु डेढ लाख बराबरको दैनिक उपभोग्य राहत सामग्री तत्कालै मुस्लिम समुदायलाई वितरण गरिएको जानकारी दिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *