कोभिड-१९ को विषयमा राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपति सिबीच फोन बार्ता

168
Shares

एजेन्सी । चिनियाँ राष्ट्रपति सि जिङ पीङले कोरोना भाइरससंग जुधिरहेको नेपालको बारेमा चासो देखाएका छन् । उनले सोमबार बेलुका राष्ट्रपति विद्यादेवी भण्डारीलाई टेलिफोन गरी चासो देखाएका हुन् ।

सो अवसरमा चिनियाँ राष्ट्रपति सिले नेपालमा कोरोना भाइरसको संक्रमणको अवस्थाबारे नजिकबाट निहाली रहेको बताएका थिए । उनले कोरोना विरुद्धको लडाइमा आफूले निरन्तर साथ दिने बताएको चिनियाँ समाचार संस्था सिन्हुवाले जनाएको छ ।

सिन्हुवाका अनुसार कुराकानीका क्रममा चिनियाँ राष्ट्रपति सिले आफूहरु नेपालको स्वास्थ्य र मेडिकल क्षेत्रलाई माथि उकास्न आफूहरुको सहयोग रहने समेत बताएका थिए । उनले विश्वव्यापी महामारीको रुपमा फैलिएको भाइरसलाई परास्त गर्न सबैदेशहरु एकजुट भएर लाग्नुपर्ने बताएका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *