कोभिड-१९ को विषयमा राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपति सिबीच फोन बार्ता

एजेन्सी । चिनियाँ राष्ट्रपति सि जिङ पीङले कोरोना भाइरससंग जुधिरहेको नेपालको बारेमा चासो देखाएका छन् । उनले सोमबार बेलुका राष्ट्रपति विद्यादेवी भण्डारीलाई टेलिफोन गरी चासो देखाएका हुन् ।

सो अवसरमा चिनियाँ राष्ट्रपति सिले नेपालमा कोरोना भाइरसको संक्रमणको अवस्थाबारे नजिकबाट निहाली रहेको बताएका थिए । उनले कोरोना विरुद्धको लडाइमा आफूले निरन्तर साथ दिने बताएको चिनियाँ समाचार संस्था सिन्हुवाले जनाएको छ ।

सिन्हुवाका अनुसार कुराकानीका क्रममा चिनियाँ राष्ट्रपति सिले आफूहरु नेपालको स्वास्थ्य र मेडिकल क्षेत्रलाई माथि उकास्न आफूहरुको सहयोग रहने समेत बताएका थिए । उनले विश्वव्यापी महामारीको रुपमा फैलिएको भाइरसलाई परास्त गर्न सबैदेशहरु एकजुट भएर लाग्नुपर्ने बताएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *