कोभिड-१९ परीक्षण गर्ने प्रयोगशालाका लागि बन्यो निर्देशिका, निजी क्षेत्रलाई समेत बाटो खुल्यो

काठमाडौँ, १५ बैशाख । सरकारले निजी क्षेत्रबाट सञ्चालित प्रयोगशालालाई पनि कोरोना भाइरस (कोभिड – १९)को परीक्षण गर्न सक्ने बाटो खोलिदिएको छ । मन्त्रालयले कोभिड १९ परीक्षण गर्ने प्रयोगशालाका लागि ‘इन्टेरियम गाइडलाइन फर दि गाइडलाइन फर दी इस्ट्याबलिसमेन्ट एण्ड अपरेशनलाइजेसन अफ मोलिक्युलर ल्याबोरेटोरिज फर कोभिड – १९ टेष्टिन इन नेपाल’ निर्देशिका जारी गर्दै निजी क्षेत्रलाई समेत परीक्षण गर्न सक्ने बाटो खोलिदिएको हो ।

‘कोरोना परीक्षणका लागि प्रयोगशाला कस्तो हुने भन्ने मापदण्ड सहितको निर्देशिका बनेको छ । अब त्यस अनुसार मापदण्ड पुगेकाहरुले स्वास्थ्य मन्त्रालयबाट अनुमति लिएर परीक्षण गर्न सक्नेछन्.’ मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले भने ।

उनले  नयाँ निर्देशिका नयाँ खोल्नका लागि भन्दा पनि भइरहेका निजी प्रयोगशालाको सेवा र तिनको मापदण्ड पुग्छ भने किन नलिने भनेर ल्याइएको संकेत गरे ।

अहिले राष्टिय जनस्वास्थ्य प्रयोगशाला सहित देशका १६ वटा स्थानबाट कोभिड – १९ को परीक्षण आरटी पीसीआर हुने गरेको छ । उपत्यका र उपत्यका बाहिर सञ्चालित केही निजी क्षेत्रका प्रयोगशालाले आफूहरु पनि परीक्षणका लागि योग्य भएको र सो सेवा गर्न पाउनुपर्ने बताउँदै आएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *