वाग्मती प्रदेशको कोरोना अस्पतालमा अनुगमन


हेटौँडा, १४ वैशाख । वाग्मती प्रदेश स्वास्थ्य निर्देशनालयले प्रदेशको १३ जिल्लाको कोरोना अस्पताल र स्वास्थ्य कार्यालयहरुले जिल्लामा कोरोना शङ्कास्पद बिरामीका लागि गरिएको ¥यापिड डाइग्नोसिस टेस्ट तथा स्थानीय निकाय र प्रदेशमा पिसिआर केन्द्रको जानकारी दिन आज दोस्रो चरणमा अनुगमन शुरु गरेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका कर्मचारी र चिकित्सकसहित खटिएको टोलीले काठमाडौँको वीर अस्पताल, टेकु सरुवा रोग अस्पताल, नुवाकोटको त्रिशूली अस्पताल, ललितपुरको पाटन अस्पताल, भक्तपुर अस्पताल, धादिङबँेसी अस्पताल र चितवनको भरतपुरको कोरोना विशेष अस्पतालको पनि अनुगमन गरेको छ । अस्पतालमा भर्ना बिरामीको अवस्था, उपचार विधि, आवश्यक पिपिई, गाउनलगायत अन्य उपकरणको विषयमा छलफल गरी आवश्यक सामग्री उपलब्ध गराइने भएको प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख रमेशप्रसाद अधिकारीले बताएक छन् ।

उनले ११९ स्थानीय तहमा अहिले सञ्चालन भइरहेको कोरोना शङ्कास्पद बिरामीको ¥यापिड टेष्टलाई बढी से बढी सहभागितामा ल्याउन ¥यापिड किटलगायत आवश्यक जनशक्ति उपलब्ध गराइनेतर्फ पनि अनुगमनले सहयोग पु¥याउने विश्वास व्यक्त गरे । यसैगरी प्रदेशको रसुवा, दोलखा, रामेछाप, सिन्धुली र काभ्रे अस्पतालको पनि अनुगमन गरी कोरोना सङ्क्रमण बिरामीको पहिचान गर्नेतर्फ आवश्यक जनशक्ति र स्रोतसाधन उपलब्ध गराउनेतर्फ समीक्षा गरिने पनि सो कार्यालयले जनाएको छ ।

वाग्मती प्रदेशअन्तर्गत किटजन्य रोग अनुसन्धान तालीम केन्द्र हेटौँडा, चितवनको भरतपुर, काठमाडौँको वीर अस्पताल र सरुवा रोग अस्पताल, पाटन अस्पताल र काभ्रेको धुलिखेल अस्पतालमा कोरोनाको शङ्कास्पद बिरामीको ¥यापिड टेष्टपछि अन्तिम परीक्षणका लागि प्रयोग गरिने पिसिआर परीक्षणका लागि केन्द्र तोकिएकाले वाग्मती प्रदेशका रोगीलाई यथाशीध्र रोग पहिचान गर्न सहयोग पुगेको वाग्मती प्रदेशका सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा पुरुषोत्तम सेडाईँले जानकारी दिए।

हेटौँडामा श्रमिक माविमा भएको आइसोलेशन कक्ष र हेटौँडा एकेडेमीमा रहेको क्वारेन्टाइनमा बिरामी आउनेजाने र परीक्षण गरिने क्रम निरन्तर रहेको हेटौँडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलले बताएका छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *