झापाका ६२ बर्षिय पुरुषमा कोरोना संक्रमण, आरडीटीमा छोरा पोजेटिभ पीसीआरमा बाबु

1.5k
Shares

काठमाडौँ, १२ बैशाख । झापाका ६२ बर्षिय पुरुषमा कोरोना भाइरसको संक्रमण भेटिएको छ । यो संगै कुल संक्रमितको संख्या ४९ पुगेको छ । आज विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको पीसीआर परीक्षणमा ६२ बर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीले झापाको केशलाई लोकल ट्रान्समिसन अर्थात क्लस्टर अफ केसेजको रुपमा लिन सकिने संकेत गरे ।

‘मैले पाएको प्रारम्भिक जानकारी अनुसार संक्रमित व्यक्तिको छोरा हालैका दिनमा दुवईबाट आउनु भएको रहेछ । उहाँसहित परिवारलाई आरडीटी परीक्षण गरियो । आरडीटीमा छोरालाई पोजेटिभ देखियो । त्यसपछि परिवारकै पीसीआरमा परीक्षणका लागि पठाइयो । तर छोराको नेगेटिभ आयो, बाबुको पोजेटिभ देखियो,’ डा अधिकारीले भने ।

दमकको एक अस्पतालको आइसोलेसनमा रहेका उनलाई पीसीआर रिपोर्ट पोजेटिभ आएपछि अब विराटनगरस्थित कोशी अस्पतालमा ल्याउने तयारी भएको बताइएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *