झापाका ६२ बर्षिय पुरुषमा कोरोना संक्रमण, आरडीटीमा छोरा पोजेटिभ पीसीआरमा बाबु
काठमाडौँ, १२ बैशाख । झापाका ६२ बर्षिय पुरुषमा कोरोना भाइरसको संक्रमण भेटिएको छ । यो संगै कुल संक्रमितको संख्या ४९ पुगेको छ । आज विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको पीसीआर परीक्षणमा ६२ बर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीले झापाको केशलाई लोकल ट्रान्समिसन अर्थात क्लस्टर अफ केसेजको रुपमा लिन सकिने संकेत गरे ।
‘मैले पाएको प्रारम्भिक जानकारी अनुसार संक्रमित व्यक्तिको छोरा हालैका दिनमा दुवईबाट आउनु भएको रहेछ । उहाँसहित परिवारलाई आरडीटी परीक्षण गरियो । आरडीटीमा छोरालाई पोजेटिभ देखियो । त्यसपछि परिवारकै पीसीआरमा परीक्षणका लागि पठाइयो । तर छोराको नेगेटिभ आयो, बाबुको पोजेटिभ देखियो,’ डा अधिकारीले भने ।
दमकको एक अस्पतालको आइसोलेसनमा रहेका उनलाई पीसीआर रिपोर्ट पोजेटिभ आएपछि अब विराटनगरस्थित कोशी अस्पतालमा ल्याउने तयारी भएको बताइएको छ ।
सम्पर्क इमेल : [email protected]