चितवनका एक जना कोरोना संक्रमितमा पछिल्लो रिपोर्ट नेगेटिभ
चितवन, १२ बैशाख । भरतपुर अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितमध्ये एक जनाको पछिल्लो रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीका २७ बर्षीय पुरुषको कोरोना भाइरस संक्रमण रिपोर्ट नेगेटिभ आएको हो । डा अधिकारीले नेगेटिभ आएका युवालाई विश्व स्वास्थ्य संगठनको गाइडलाइन अनुसार डिस्चार्ज गर्ने प्रक्रिया अघि बढाउने बताए ।
गत ३ चैतमा बेलायतबाट हङकङ हुँदै नेपाल आएका चितवन टाँडीका आमा छोरामा आरडीटी परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । एकसाता अघि उनीहरुको पीसीआर परीक्षण गर्दा समेत कोरोना संक्रमण पोजेटिभ देखिएपछि उनीहरुलाई भरतपुर अस्पतालको आइसोलेसनमा भर्ना गरि राखिएको थियो । तर विहीबार परीक्षण गर्दा छोराको पछिल्लो रिपोर्ट नेगेटिभ आएको हो । ५८ बर्षीया आमाको भने रिपोर्ट भने पोजेटिभ नै आएको छ ।
विहीबारसम्म ४८ जनामा कोरोना संक्रमण देखिएपनि १० जना संक्रममित निको भएर डिस्चार्ज भएका छन् । ५ जनाको पछिल्लो रिपोर्ट नेगेटिभ आएको छ । चितवनकोसमेत जोड्दा सो संख्या ६ पुगेको छ ।
बागलुङको एक जना र वीरगञ्जका चार जनामा पछिल्लो रिपोर्ट नेगेटिभ आएको हो ।
सम्पर्क इमेल : [email protected]