थप ३ जनामा कोरोना संक्रमण, कुल संक्रमित ४५ पुगे

10.3k
Shares

काठमाडौँ, १० बैशाख । नेपालमा आज थप ३ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा उनीहरुमा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।

संक्रमित हुनेमा २४, ६० र ७२ बर्षका पुरुषहरु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

संक्रमित तीन जना नै उदयपुरको त्रियुगा नगरपालिका  भुल्केको मस्जितमा भेटिएका जमाती समूहका रहेको बताइएको छ ।

‘गत ५ बैशाखमा भुल्केको मस्जितमा बसेका १२ जनामा संक्रमण देखिएको थियो । त्यसको केही दिनपछि थप एक जनालाई देखियो । खासमा त्यसदिन सो मस्जितबाट १६ जनालाई विराटनगर ल्याइएको थियो । तीमध्ये १३ जना पहिले नै कोरोना पोजेटिभ देखिएको थियो । तीन जना बाँकी थिए । आज त्यहि तीन जनाको रिपोर्ट पोजेटिभ आएको हो,’  विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्रोतले भन्यो । उसले आज संक्रमित तीन जना नै मुस्लिम भएको र त्यसमध्ये एक भारतीय नागरिक भएको समेत बताएको छ ।

यो संगै नेपालमा संक्रमितको संख्या ४५ पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *