थप ८ जनामा कोरोना आशंका, कोशीमा पीसीआर पोजेटिभ देखिएपछि थप परीक्षणका लागि धरान पठाइयो

काठमाडौँ, ९ बैशाख । उदयपुर भुल्केका ८ जना स्थानीयको कोशी प्रादेशिक अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा कोरोना भाइरस ( कोभिड – १९) पोजेटिभ देखिएको छ । कोशीले ‘रि – कन्फर्म’ को लागि नमूना धरान पठाएको छ ।

कोशीमा भाइरस पोजेटिभ देखिएपछि संकास्पद आठ जना व्यक्तिलाई पनि धरान पठाइएको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले बताए ।

यता वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका मेडिकल डाइरेक्टर डा गौरीशंकर साहले पनि कोशीमा पोजेटिभ देखिएको ८ वटा नमूना पुन परीक्षणका लागि आफूकहाँ आएको पुष्टि गरे । उनले भने, ‘अहिले यहाँ परीक्षण भइरहेको छ । नतिजा आउन अझै केही समय लाग्छ ।’

गत ५ बैशाखमा उदयपुरको त्रियुगानगरपालिका ६ भुल्केमा रहेको मस्जितमा १२ लुकेर बसेका १२ जना भारतीयमा परीक्षण गर्दा कोरोना भाइरस पोजेटिभ देखिएको थियो । पछि सोही समूहमा बसेका थप एक जनामा पनि भाइरस पोजेटिभ देखिएको थियो ।

त्रियुगाका मेयर चौधरीले १२ जना पोजेटिभ देखिएपछि ६ बैशाखमै भुल्केको मस्जित वरपर सिल गरी सम्भावित ६९ जनाको र्‍यापिड टेष्ट गराएको र त्यसमध्ये शंकास्पद ८ जनाको पीसीआर गराउँदा कोशीको ल्यावले पोजेटिभ देखाएको बताए । उनले अहिले संकास्पद भनिएका ८ जना भुल्केको मस्जित वरपर बस्ने स्थानीय मुललिम समुदाय भएको समेत जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *