बैतडी : दीर्घरोगीका लागि घरमै निःशुल्क औषधि


बैतडी, ६ वैशाख । बैतडीको डिलाशैनी गाउँपालिकाले दीर्घरोगीका लागि घरमै निःशुल्क औषधि पु¥याउने भएको छ ।

जारी लकडाउनका कारण नियमित औषधि सेवन गर्नुपर्ने नागरिकको सहजताका लागि गाउँपालिकाले यस्तो निर्णय गरेको गाउँपालिकाका विपद् व्यवस्थापन सम्पर्क व्यक्ति पुरुषोत्तमनाथ योगीले बताए। दम, मधुमेह, मुटुरोगलगायत लामो समयदेखि औषधि सेवन गरिरहेकालाई महिला स्वास्थ्य स्वयंसेविकामार्फत सम्बन्धित बिरामीको घरमा नै औषधि पु¥याउने व्यवस्था गर्न लागिएको हो । प्रत्येक वडामा नियमित औषधि सेवन गरिरहेका नागरिकको तथ्याङ्क सङ्कलन गरिने र त्यसपछि गाउँपालिकाले औषधि खरिद गरेर घरघरमा पु¥याउने नाथको भनाइ छ ।

लकडाउन अवधिभर नियमित औषधि सेवन गरिरहेकाहरुका लागि यो व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ । यस्तै गाउँपालिकाले कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा खटिएका कर्मचारीको कोरोनाका कारण मृत्यु भएमा उसको नजिकको परिवारको सदस्यको रु १० लाखको बीमा गरिदिने निर्णय गरेको छ । उसका आश्रित परिवारका सदस्यलाई सजिलो होस् भनेर यस्तो निर्णय भएको गाउँपालिकाका प्रवक्ता अक्कलबहादुर रानाले बताए ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि रु ५० लाखको राहत कोष स्थापना गर्ने निर्णय पनि गरेको छ । सो कोषमा गाउँपालिकाअन्तर्गतका कर्मचारीको १० दिनको तलबकट्टा गरी जमा गर्ने, लकडाउन अवधिभर जनप्रतिनिधिले पाउने सेवा सुविधा सबै सो कोषमा राख्ने निर्णयसमेत भएको प्रवक्ता रानाले जानकारी दिए ।

यस्तै कोरोना भाइरस रोकथामका लागि अग्रपङ्क्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीलाई शतप्रतिशत थप भत्ता दिने, सहयोगी भूमिकामा रहेर काम गर्ने कर्मचारीलाई २५ प्रतिशत थप भत्ता दिने निर्णय गरेको प्रवक्ता रानाले जानकारी दिए ।

वडा प्रवेशमा रोक

बैतडीको दशरथचन्द नगरपालिका–२ ले आफ्नो वडामा बाहिरबाट आउने मानिसलाई आवतजावतमा रोक लगाउने निर्णय गरेको छ । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि वडा कार्यसमितिले यस्तो निर्णय गरेको हो ।

जारी लकडाउनलाई प्रभावकारी बनाउन र कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि यस्तो निर्णय गरिएको वडाध्यक्ष रनबहादुर बोहराले बताउनुभयो । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि वडाले विभिन्न पहलसमेत गरिरहेकोे छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *