कोरोनाबाट बेलायतमा थप एक नेपालीको मृत्यु

92
Shares

लण्डन । बेलायतको लण्डनमा कोरोनाका कारण थप एक भूपू गोरखा सैनिकको मृत्यु भएको छ । लण्डनको प्लमस्टिडमा बस्दै आएका अन्दाजी ५५ वर्षीय लक्ष्मण श्रेष्ठको उपचारका क्रममा गाइज अस्पतालमा बुधाबार मृत्यु भएको हो ।

स्याङ्जा स्थायी घर भई केही वर्ष अघि पोखरा लेकसाइड बसाइँ सरेका श्रेष्ठ हाल लण्डनमा थिए ।

गत दुई हप्तादेखि खोकी र ज्वरो आएर अस्पताल भर्ना भएका श्रेष्ठलाई पछिल्लो समय भेन्टिलेटरमा राखी उपचार गरिए पनि कुनै सुधार नभएको श्रेष्ठसँग एउटै पल्टनमा सँगै काम गरेका भूपू गोरखा सैनिक भोज बरालले जानकारी दिए ।

अहिलेसम्म सार्वजनिक भएअनुसार कोरोनाकै कारण बेलायतमा निधन हुने नेपाली १० पुगेका छन् । ती मध्ये सात पूर्व गोरखा सैनिक छन् । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *