कोरोनाविरुद्ध ७० बढी खोपको विकास हुँदै, ३ वटा क्लिनिकल ट्रायलमा : डव्लुएचओ

जेनेभा ।  विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)ले कोरोना भाइरसविरद्ध प्रयोग कम्तीमा ७० वटा खोपको विकास भइरहेको बताएको छ । त्यसमध्ये ३ वटा खोप क्लिनिकल ट्रायलमा गईसकेको जानकारी दिएको छ ।

बुधबारराती नियमित मिडिया ब्रिफिङका क्रममा डव्लुएचओका प्रमुख डा टेड्रोस अदानोम घेब्रियससले भने, ‘कोभिड- १९ विरुद्धको खोपको विकास, उत्पादन र वितरणलाई गति दिन विभिन्न साझेदारसंग काम गरिरहेका छौँ ।’

उनले कोरोना विरुद्धका लागि विकास गर्न लागिएका चार वटा औषधिको क्लिनिकल ट्रायलका लागि लागि अरु ९० भन्दा बढी देशहरु सहभागी भएको र ९ सय बढी विरामीमा त्यसको सुरक्षा र प्रभावकारीताको बारेमा परीक्षण भइरहेको समेत जानकारी दिए ।

विश्वका २१० भन्दा बढी मुलुकमा फलिएको कोरोना भाइरसबाट अहिलेसम्म २० लाख बढी मानिसहरु संक्रमणमा परेका छन् । १ लाख ३४ हजार बढीको ज्यान गइसकेको छ । उपचार गरी निको हुनेको संख्या अहिलेसम्म ५ लाख १० हजार बढी छ ।

विज्ञहरुले खोपको विकास नहुँदासम्म कोरोनाबाट विश्व सुरक्षित नहुने चेतावनी दिइरहेका छन् ।

संक्रमण बढदै जाँदा विश्वका अधिकांश मुलुकहरु अहिले लकडाउनको अवस्थामा रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *