कैलालीमा थप एक जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १३ पुग्यो

काठमाडौँ, १ बैशाख । कैलाली थप एक जनामा कोरोना संक्रमण भएको पाइएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आइतबार गरिएको परीक्षणका क्रममा एक ६५ बर्षीया महिलामा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।

कैलालीको लम्की चुहा नगरपालिकामा वडा नं १ भुरुवाकी ती महिलाको लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेकी छन् ।
उनको पीसीआर र र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) दुबै विधिबाट परीक्षण गर्न नमूना संकलन गरिएको थियो । आरडीटीबाट नेगेटिभ रिपोर्ट आएपनि टेकुमा गरिएको पीसीआर विधिको परीक्षणबाट पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालय स्रोतले बतायो ।

धनगढीस्थित अस्पताल स्रोतका अनुसार ती महिला सामान्य व्यापार गर्दै आएकी थिइन्। वीरगन्जबाट उनीसहित १७ जना लम्की चुहा नगरपालिकामा चैत्र ९ गते आएका थिए। पहिला क्यारेन्टाइनमा बस्न नमाने पनि पछि सबैले बस्न भनेपछि मानेका थिए।

५१ जना रहेको क्वारेन्टाइनबाट टीकापुर अस्पतालका स्वास्थ्यकर्मीको टोलीले ४४ जनाको स्वाब संकलन गरेको थियो। काठमाडौंबाट आएको टोलीले २५ गते र्‍यापिड र स्वाब दुबै संकलन गरेको थियो । लम्की चुहामै ९९ जनाको स्वाब संकलन भएको थियो । ९८ जनाको नेगेटिभ आयो। यसअघि लम्कीकै २१ वर्षीय युवकमा पनि कोरोना पोजिटिभ देखिएको थियो।

नयाँ केश बारेमा सरकारले भने आधिकारिक घोषणा गरेको छैन् । ती महिलालाई क्वारेन्टाइनबाट अहिले अस्पतालको आइसोलेसनमा ल्याउने तयारी हुँदैछ । अस्पतालमा ल्याइसकेपछि मात्रै आधिकारिक घोषणा हुने तयारी भएको मन्त्रालय स्रोतले बतायो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *