प्रधानमन्त्रीको आह्वान – कोरोनाविरुद्ध खटिएका चिकित्सक तथा नर्सका सम्मानमा राष्ट्रिय गान गाँउ, ताली बजाउँ

2.0k
Shares

काठमाडौँ, ३० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्ध खटिएका चिकिसत्क, नर्स तथा अन्य सरोकारवालाहरुको सम्मानमा भोलि विहान राष्ट्रिय गान गाउन र ताली बजाउन आह्वान गरेका छन् ।

संयुक्त राष्ट्रसंघ ग्लोबल कम्प्याक्ट नेपालले अघि सारेको कार्यक्रमलाई समर्थन गर्दै प्रधानमन्त्री ओलीले यस्तो आह्वान गरेका हुन् ।

ग्लोबल कम्प्याक्ट नेपालले भोलि नयाँ वर्षको दिन विहान ८ बजे घरको छत वा झ्यालबाट राष्ट्रिय गान गाउन र त्यसपछि सबैले एक साथ ताली बजाउन आह्वान गरेको छ ।

प्रधानमन्त्री ओलीले पनि यो अभियान आफूलाई राम्रो लागेको भन्दै सहभागी हुन आह्वान गरेका छन् । उनले ट्वीट गर्दै भनेका छन्, ‘ग्लोबल कम्प्याक्ट नेपालको अनुरोध मलाई राम्रो लाग्यो । यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु ।’

ग्लोबल कम्प्याक्ट नेपालले संकटपूर्ण अवस्थामा अग्रपंक्तिमा खटिएका चिकित्सक नर्स, अत्यावश्यक सेवा प्रदायक कर्मचारी, ढुवानी सेवा, सरसफाईमा खटिने लगायत सबै सरोकारको सम्मानमा राष्ट्रिय गान गाउन र त्यसपछि सबैले एकसाथ ताली बजाउन आह्वान गरेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *