कोरोना परीक्षण अपडेट : ५ हजार १ सय बढीको पीसीआर टेष्ट, ३ हजार ३ सयको आरडीटी

128
Shares

काठमाडौँ, ३० चैत । कोरोनाको सम्भावित संक्रमण रोक्न देशका विभिन्न ठाँउमा बनाइएका क्वारेन्टाइन तथा अस्पतालका आइसोलेसनमा रहेका ५ हजार १८४ जना पीसीआर टेष्ट भएको छ । यस्तै ३ हजार ३२१ जनाको रेपिड डाईग्नोस्टिक टेष्ट आरडीटी बाट जाँच गरिएको छ ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको कोरोना विशेष मिडिया अपडेटमा प्रवक्ता डा विकास देवकोटाले पछिल्लो २४ घण्टामा ७९५ जनाको पीसीआर टेष्ट गरिएको बताए ।

उनले सो क्रममा थप ३ जनाको रिपोर्ट पोजेटिभ देखिएको बताए । भारतबाट आएका ३७, ४४ र ५५ बर्षका तीन जना पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । यो संगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १२ पुगेको छ ।

यसैबीच डा देवकोटाले कोरोनाको जोखिम अझ बढेको भन्दै लकडाउनको पूर्ण पालना गर्न आम सर्वसाधारणसंग आग्रह गरेका छन् । उनले केस बढेसंगै चुनौती थपिएको भन्दै यसमा आम जनताको साथ सहयोग अपरिहार्य हुने समेत बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *