सूचना केन्द्रका निर्देशक सुनील शर्मा गम्भीर विरामी, ग्राण्डी अस्पतालमा उपचार हुँदै

काठमाडौँ, ३० चैत । टेकुस्थित राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनीलराज शर्मा गम्भीर विरामी परेका छन् । उनको ग्राण्डी अस्पतालको आइसीयूमा उपचार भइरेको छ ।

अस्पताल स्रोतका अनुसार शर्माको मुटुमा समस्या भएको थियो । उनको एन्जीओप्लास्टी गरिएको छ ।

‘मुटुमा व्लक भएको थियो अहिले एन्जीओप्लास्टी गरि स्टेन्ट हालिएको छ । यतिवेला अवस्था सुधारोन्मुख छ,’ अस्पताल स्रोतले भन्यो ।

स्वास्थ्यमा समस्या भएपछि उनी गत विहीबार उपचारका लागि ग्राण्डी पुगेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *