सूचना केन्द्रका निर्देशक सुनील शर्मा गम्भीर विरामी, ग्राण्डी अस्पतालमा उपचार हुँदै
काठमाडौँ, ३० चैत । टेकुस्थित राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनीलराज शर्मा गम्भीर विरामी परेका छन् । उनको ग्राण्डी अस्पतालको आइसीयूमा उपचार भइरेको छ ।
अस्पताल स्रोतका अनुसार शर्माको मुटुमा समस्या भएको थियो । उनको एन्जीओप्लास्टी गरिएको छ ।
‘मुटुमा व्लक भएको थियो अहिले एन्जीओप्लास्टी गरि स्टेन्ट हालिएको छ । यतिवेला अवस्था सुधारोन्मुख छ,’ अस्पताल स्रोतले भन्यो ।
स्वास्थ्यमा समस्या भएपछि उनी गत विहीबार उपचारका लागि ग्राण्डी पुगेका थिए ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



