वीरगञ्जमा तीन जनामा कोरोना भाइरस संक्रमण, नेपालमा कुल संक्रमितको संख्या १२ पुग्यो

काठमाडौँ, ३० चैत ।  वीरगञ्जमा थप ३ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । पोजेटिभ देखिएका तीनै जना भारतीय नागरिक हुन् । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हिजो रातीसम्म गरिएको परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ देखिएको हो ।

त्यसअघि उनीहरुको जाँच हेटौडामा रहेको किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा रहेको प्रयोगशालामा भएको थियो । त्यहाँ रिपोर्ट क्लियर नआएपछि थप स्पष्टका लागि टेकु पठाइएको थियो । स्वास्थ्य मन्त्रालयले अबको केही बेरमा यसको औपचारिक जानकारी गराउने तयारीमा छ ।

यो संगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १२ पुगेको छ ।

नेपालमा कोरोना भाइरस

नेपालमा पहिलो केश १० माघ देखिएको थियो । ती व्यक्ति चीनबाट फर्केर आएका थिए । जो अहिले निको भएर घर फर्किसकेका छन् ।

दोस्रो केस ९ चैतमा काठमाडौँकी १९ बर्षीया युवतीमा देखिएको थियो । उनी फ्रान्सबाट कतारको दोहा हुँदै ४ चैतमा काठमाडौँ आइपुगेकी थिइन ।

तेस्रो संक्रमण गत ११ चैतमा देखिएको थियो । धादिङका ३४ बर्षीय पुरुषमा जो युएईको सारजाँहबाट एयर अरेवियाको उडानबाट गत ६ चैतमा काठमाडौँमा ओर्लेका थिए । अहिले दोस्रो र तेस्रो संक्रमित टेकु अस्पतालमा उपचाररत छन् ।

चौथो संक्रमित धनगढीका हुन् । ३४ बर्षीय ती पुरुष गत ७ चैतमा दुवईबाट भारतको नयाँ दिल्ली हुँदै काठमाडौँ आएका थिए । उनमा संक्रमण भएको १४ चैतमा थाह भएको थियो । पाँचौँ संक्रमित बेल्जियमबाट आएकी बाग्लुङकी १७ बर्षीया युवती हुन् । उनीसंगै आएकी ६५ बर्षीया बृद्धालाई २० चैतमा संक्र संक्रमण भएको थियो ।

२२ चैतमा कैलाली २ र कञ्चनपुरका १ गरी थप ३ जनामा कोरोना संक्रमण भएको पाइएको थियो ।

संक्रमितमध्ये दुई जना भारत र एक जना धनगढीकै स्थानीय महिलामा भएको पाइएको थियो । स्थानीयलाई समेत भाइरस देखिएपछि नेपालमा कोरोना दोस्रो चरणमा प्रवेश गरेको मानिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *