बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदमा प्राडा ज्ञानेन्द्र गिरी नियुक्त

272
Shares

काठमाडौँ, २७ पुस ।  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको रिक्त उपकुलपति पदमा प्राडा ज्ञानेन्द्र गिरी नियुक्ति भएका छन् ।

प्रतिष्ठानका सहकुलपति समेत रहेका स्वास्थ्य मन्त्री भानुभक्त ढकालको सिफारिसमा कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार प्राडा गिरीलाई उपकुलपति पदमा नियुक्त गर्ने निर्णय गरेका हुन् ।

यसअघि स्वास्थ्य मन्त्री ढकालकै संयोजकत्वमा गठन भएको उपकुलपति सर्च कमिटिले डा गिरी सहित प्रतिष्ठानका कार्यबहाक उपकुलपती प्रडागुरु खनाल र प्रतिष्ठानका मेडिकल डिपाटमेन प्रमुख प्राडा सन्जिव शर्माको नाम सिफारिस गरेको थियो ।

बरिष्ठ फिजिसियन तथा मुटुरोग विशेषज्ञ डा गिरी पछिल्लो समय विराट मेडिकल कलेजमा प्रोफेसरको रुपमा कार्यरत थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *