कोरोना सङ्क्रमित भेटिएको भनी अफवाह फैलाउने पक्राउ

340
Shares

कैलाली २६ चैत । कोरोना भाइरस (कोभिड—१९) सङ्क्रमित व्यक्ति भेटिएको भन्दै अफवाह फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । टीकापुर नगरपालिका— २ का पवनकुमार भट्टराईलाई प्रहरीले गएराति पक्राउ गरेको हो ।

भट्टराईले सामाजिक संजाल फेसबुकमा टीकापुर नगरपालिका— १ ब्लक नम्बर १० मा कोरोना भाइरस सङ्क्रमित व्यक्ति भेटिए भन्दै पोष्ट गरेका थिए ।

सामाजिक संजालबाट अवफाह फैलाई समाजमा आतकं सिर्जना गर्ने गतिविधि गरेपछि उनलाई इलाका प्रहरी कार्यालय टीकापुरले गएराति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।

उनले निज भट्टराई माथि थप अनुसन्धान भइरहेको बस्नेतले जानकारी दिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *