अन्तर्राष्ट्रिय हवाई उडान १८ बैशाखसम्म बन्द गर्ने निर्णय

268
Shares

काठमाडौँ, २५ चैत । सरकारले अन्तर्राष्ट्रिय हवाई उडानलाई १८ बैशाख (३० अप्रिल) सम्म बन्द गर्ने निर्णय गरेको छ। कोरोना भाइरस (कोभिड –  १९) संक्रमण रोकथाप तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले यस्तो निर्णय लिएको हो।

यसअघि ३ वैशाख (१५ अप्रिल) सम्म सबै अन्तर्राष्ट्रिय हवाई उडान स्थागित गर्ने निर्णय गरेको थियो ।

प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद विडारीले अन्तर्राष्ट्रिय हवाईउडानको बन्द हुने अवधी ३ बैशाखबाट बढाएर १८ बैशाखसम्म पुर्याएको बताए । उनले अन्तर्राष्ट्रिय हवाईउडान स्थगित गरेपनि रार्ष्ट्रिय उडानहरुको बारेमा निर्णय भइनसकेको स्पष्ट पारे ।

‘अहिलेलाई रार्ष्ट्रिय उडान ३ बैशाखसम्म रोकिएको छ । तर त्यसपछि बढाउने कि स्थगित गर्ने भन्नेबारेमा पछि निर्णय होला,’  उनले भने ।

कोरोना नियन्त्रणका लागि सरकारले आजबाट थप ८ दिन लकडाउन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भने अझै दुई साता देशका लागि कोरोनाको अति नै जोखिमपूर्ण समय भएको बताएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *