नेपालमा कोरोना अपडेट : देशभर आइसोलेसनमा १०० जना, ९ हजार २२८ जना क्वारेन्टाइनमा

568
Shares

काठमाडौँ, २५ चैत । कोरोना भाइरस (कोभिड – १९) को आशंकामा आज देशभरका विभिन्न अस्पतालमा १०० जना व्यक्ति आइसोलेसनमा राखिएको छ । यस्तै क्वारेन्टाइनमा रहनेको संख्या ९ हजार २२८ जना रहेको छ ।

स्वास्थ्य मन्त्रालयले आज गरेको कोरोना अपडेटमा प्रवक्ता डा विकास देवकोटाले उपत्यकामा १६ र उपत्यका बाहिरका विभिन्न अस्पतालमा ८४ जना गरी गरी कुल १०० जना व्यक्ति आइसोलेसनमा रहेको बताए । उनले देशभर ९ हजार २२८ जना व्यक्ति क्वारेन्टाइनमा रहेको समेत जानकारी दिए ।

यस्तै देशभर आजसम्म १ हजार ७७६ जनाको प्रयोगशाला परीक्षण गरिएको छ । अहिले उपत्यका र उपत्यका बाहिर गरी १० वटा प्रयोगशालामा कोरोना भाइरस (कोभिड १९)को परीक्षण भइरहेको र प्रयोगशाला सात वटै प्रदेशमा रहेको बताए ।

प्रवक्ता डा देवकोटाले स्वास्थ्य मन्त्रालयले तयार पारेको मोवाईल एपमा पछिल्लो २४ घण्टामा १ हजार ८५१ जनाले आफ्नो नाम दर्ता गराएको र त्यसमध्ये १७ जना रेडजोनमा रहेको जानकारी दिए ।

सो एपमा अहिलेसम्म कुल ११ हजार २३९ जनाले नाम दर्ता गराएको कुल १७२ जना रेडजोनमा परेको समेत उल्लेख गरे ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *