लकडाउन ३ बैशाखसम्म लम्व्याउने सरकारको निर्णय

300
Shares

काठमाडौँ, २४ चैत । कोरोना भाइरसको संक्रमण फैलन नदिनका लागि सरकारले दुई साता देखि शुरु गरेको देशव्यापी लकडाउनलाई थप एक साता लम्व्याउने भएको छ । केही बेर अघि सम्पन्न मन्त्रिपरिषदको बैठकले लकडाउन ३ बैशाखसम्म लम्व्याउने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले बताए ।

यसअघि ९ चैतमा बसेको मन्त्रिपरिषद्को बैठकले संक्रामक रोग ऐन २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरि ११ चैत बिहान ६ बजेदेखि १८ चैत बिहान ६ बजेसम्मका लागि लकडाउन गर्ने निर्णय गरेको थियो ।

सो अवधी नसकिँदै गत १६ चैतमा बसेको मन्त्रिपरिषद बैठकले लकडाउनको अवधी २५ चैतसम्म बढाउने निर्णय गरेको थियो । सो अवधी भोलि (मंगलबार) सकिदै थियो ।

नेपालमा अहिलेसम्म ९ जना कोरोना संक्रमित भेटिएका छन्। एक जना उपचार पछि फर्किसकेका छन् भने ८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य रहेको अस्पतालले बताएको छ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *