कोरोना अपडेट – खरीपाटी क्वारेन्टाइनमा रहेका ९४ जनाको रिपोर्ट नेगेटिभ

336
Shares

काठमाडौँ, २३ चैत । भक्तपुरका खरीपाटी क्वारेन्टाइनमा रहेका ९४ जनाको कोरोना भाईरस (कोभिड -१९) रिपोर्ट नेगेटिभ आएको छ ।

नेपालले पछिल्लो समय निषेध गरेका कोरोना प्रभावित देशहुँदै आएका नेपालीहरुलाई खरिपाटीमा राखिएको थियो । उनीहरुको गत शुक्रबार नमूना संकलन गरी राष्टिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा नेगेटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले कोरोना अपडेटमा जानकारी दिए ।

खरीपाटीमा सिल्क एयर र थाइ एयरबाट आएका नेपालीहरुलाई राखिएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *