कोरोना भाइरस रोकथाम कोषमा डा. बुद्धिमानको एक लाख सहयोग
काठमाडौँ, २३ चैत । गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम आपतकालिन कोषमा डा बुद्धिमान श्रेष्ठले एक लाख रुपैयाँ सहयोग गरेका छन् । गण्डकी प्रदेश विकास परिषद सदस्य समेत रहेका डा श्रेष्ठले सो रकम सहयोग गरेका हुन् ।
आपतकालिन कोषमा सहयोग गरेका डा श्रेष्ठलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले धन्यवाद दिएका छन् ।
गण्डकी प्रदेश सरकारले राष्ट्रिय बाणिज्य बैकमा खाता खोली कोष स्थापना गरेको छ । त्यहाँ आम सर्वसाधारणले समेत रकम सहयोग गर्न सक्नेछन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



