कोरोना भाइरस रोकथाम कोषमा डा. बुद्धिमानको एक लाख सहयोग

काठमाडौँ, २३ चैत । गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम आपतकालिन कोषमा डा बुद्धिमान श्रेष्ठले एक लाख रुपैयाँ सहयोग गरेका छन् । गण्डकी प्रदेश विकास परिषद सदस्य समेत रहेका डा श्रेष्ठले सो रकम सहयोग गरेका हुन् ।

आपतकालिन कोषमा सहयोग गरेका डा श्रेष्ठलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले धन्यवाद दिएका छन् ।

गण्डकी प्रदेश सरकारले राष्ट्रिय बाणिज्य बैकमा खाता खोली कोष स्थापना गरेको छ । त्यहाँ आम सर्वसाधारणले समेत रकम सहयोग गर्न सक्नेछन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *