चौथो संक्रमित व्यक्तिको परिवारका १० जनाको कोरोना परीक्षण ९ जनाको नेगेटिभ

672
Shares

कैलाली २३ चैत । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेशन वार्डमा उपचार गराइरहेका धनगढी उपमहानगरपालिका– ५ हसनपुरका कोरोना भाइरस संक्रमित युवक (चौथो संक्रमित) का परिवारका नौ सदस्यको रिपोर्ट नेगेटिभ आएको छ ।

परिवारका १० सदस्यको थ्रोट स्वाब सङ्कलन गरिएकामा उनकी ३४ वर्षीया भाउज्यूको रिपोर्ट पोजेटिभ आएको र अन्य ९ जनाको रिपोर्ट नेगेटिभ आएको सेती प्रादेशिक अस्पतालका प्रवक्ता डा जगदीश जोशीले बताए ।

संक्रमितकी श्रीमती, चार वर्षीया छोरी, उनका बुवाआमा, दाजु, भतिजी सहित अन्य ३ जनाको को रिपोर्ट पनि नेगेटिभ आएको छ । संक्रमण देखिएका धनगढीका एक युवक दुबईबाट यही चैत ६ गते नेपाल आएका थिए ।

दिल्लीबाट काठमाडौँ आउँदा उनी चढेको जहाजमा १०८ नेपाली थिए । नेपालगञ्जबाट अत्तरिया हुँदै उनी हसनपुरस्थित घर पुगेका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *