चौथो संक्रमित व्यक्तिको परिवारका १० जनाको कोरोना परीक्षण ९ जनाको नेगेटिभ

कैलाली २३ चैत । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेशन वार्डमा उपचार गराइरहेका धनगढी उपमहानगरपालिका– ५ हसनपुरका कोरोना भाइरस संक्रमित युवक (चौथो संक्रमित) का परिवारका नौ सदस्यको रिपोर्ट नेगेटिभ आएको छ ।

परिवारका १० सदस्यको थ्रोट स्वाब सङ्कलन गरिएकामा उनकी ३४ वर्षीया भाउज्यूको रिपोर्ट पोजेटिभ आएको र अन्य ९ जनाको रिपोर्ट नेगेटिभ आएको सेती प्रादेशिक अस्पतालका प्रवक्ता डा जगदीश जोशीले बताए ।

संक्रमितकी श्रीमती, चार वर्षीया छोरी, उनका बुवाआमा, दाजु, भतिजी सहित अन्य ३ जनाको को रिपोर्ट पनि नेगेटिभ आएको छ । संक्रमण देखिएका धनगढीका एक युवक दुबईबाट यही चैत ६ गते नेपाल आएका थिए ।

दिल्लीबाट काठमाडौँ आउँदा उनी चढेको जहाजमा १०८ नेपाली थिए । नेपालगञ्जबाट अत्तरिया हुँदै उनी हसनपुरस्थित घर पुगेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *